टाटा सिएरा, रेनो डस्टर र निसानको नयाँ एसयूभी चाँडै लन्च हुने तयारीमा

टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित सिएरालाई यसै वर्षको अन्त्यतिर इलेक्ट्रिक भर्सनमा ल्याउने योजना बनाएको छ भने पेट्रोल र डिजेल भर्सन अर्को वर्षको सुरुवातमा लन्च गर्ने तयारी गरेको छ ।

कम्पनीले सो मोडलको बारेमा केही जानकारी दिएको छैन । यद्यपि रिपोर्टका अनुसार यसको इलेक्ट्रिक मोडलमा ६५ किलोवाटदेखि ७५ किलोवाट क्षमतासम्मको ब्याट्री प्याक हुने अनुमान गरिएको छ। साथै पेट्रोलमा १.५ लिटर र डिजेलमा २.० लिटर इन्जिन विकल्प उपलब्ध हुने अनुमान गरिएको छ ।

सो एसयूभीमा ३ ठूला स्क्रिन, डिजिटल ड्राइभर डिस्प्ले, लेभल २ एडीएएस, ३६० डिग्री क्यामेरा, हेड-अप डिस्प्ले, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट र ड्यासक्याम जस्ता फिचर हुनेछ । यसले क्रेटालाई चुनौती दिन सक्ने अनुमान गरिएको छ।

यसैगरी, नयाँ पुस्ताको रेनो डस्टर पनि बजार प्रवेशको तयारीमा छ। पूर्ण रूपमा नयाँ डिजाइन र आकर्षक लुकसहित आउने डस्टर २०२६ को सुरुवातमा लन्च हुने विश्वास गरिएको छ। यो पेट्रोल, हाइब्रिड र सीएनजी विकल्पमा उपलब्ध हुनेछ। यो मध्यम आकारको एसयूभी हुने अपेक्षा गरिएको छ।

निसानले पनि आफ्नो नयाँ मिडसाइज एसयूभी ल्याउने तयारी गरेको छ। यो रेनो डस्टरसँगै समान प्लेटफर्ममा आधारित हुनेछ। कम्पनीले यसलाई विश्वस्तरीय डिजाइन, उच्च पावर, परफर्मेन्स र अत्याधुनिक सुविधासहित ल्याउने लक्ष्य राखेको छ।

सम्बन्धित समाचारहरू

भारतका टप २५ सर्वाधिक बिक्री हुने कारमा टाटा–महिन्द्राका ९ मोडल

भारतका टप २५ सर्वाधिक बिक्री हुने कारमा टाटा–महिन्द्राका ९ मोडल

भारतमा टाटा मोटर्स र महिन्द्रा एण्ड महिन्द्रा कम्पनीका गाडीहरू लोकप्रिय...

भोलि देखि देशभरका सोरुममा टाटा मोटर्सको एक्सचेन्ज क्याम्प आयोजना हुने

भोलि देखि देशभरका सोरुममा टाटा मोटर्सको एक्सचेन्ज क्याम्प आयोजना हुने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक बितरक सिप्रदी ट्रेडिङ...

४ सय किमी लङ रेन्ज दिने नेक्सन ईभी मे ११ मा सार्वजनिक हुने

४ सय किमी लङ रेन्ज दिने नेक्सन ईभी मे ११ मा सार्वजनिक हुने

आखिर अब प्रतीक्षाको घडी समाप्त हुने भएको छ । टाटा मोटर्सले नेक्सन ईभीको लङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...