अब टीभीएस एनटर्क १२५ रेस एक्सपीको ब्लेज ब्लु नेपालमा, गरियो सार्वजनिक

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु नेपालमा सार्वजनिक गरेको छ। युवा राइडरहरूको रोजाइमा पर्दै आएको टीभीएस एनटर्क लाइनअपमा यो नयाँ कलर भेरिएन्टले थप आकर्षण, स्पोर्टीनेस र बोल्डनेस थपेको कम्पनीको भनाइ छ।

नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लुको सार्वजनिक कार्यक्रम बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताद्वारा गरिएको थियो । कार्यक्रममा ग्राहक, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, मोटो भ्लगर तथा टीभीएस प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु विशेष गरी स्टाइल, पर्फमेन्स र दैनिक प्रयोगलाई एउटै प्याकेजमा खोज्ने युवा राइडरहरूका लागि तयार गरिएको स्कुटर हो। यसको आकर्षक ब्लेज ब्लु कलर, स्पोर्टी ग्राफिक्स, धारिलो डिजाइन र आत्मविश्वासी रोड प्रेजेन्सले स्कुटरलाई अझै दमदार र फरक बनाएको छ। टीभीएस एनटर्क १२५ रेस एक्सपीले लामो समयदेखि आफ्नो बोल्ड डिजाइन, पावरफुल क्यारेक्टर र टीभीएस रेसिङको पर्फमेन्स डिएनएका कारण युवा राइडरहरूबीच छुट्टै पहिचान बनाउँदै आएको छ। नयाँ ब्लेज ब्लु एडिसनले यही पहिचानलाई अझ बलियो बनाउँदै स्कुटरलाई अझ अभिव्यक्त, एनर्जेटिक र रोडमा नोटिस हुने बनाएको छ ।

यस स्कुटरले ५० किलोमिटर टेस्टेड माइलेज र लाइफटाइम वारेन्टी एस्योरेन्स जस्ता महत्त्वपूर्ण विशेषताहरु पनि प्रदान गर्दछ । यी विशेषताहरूले ग्राहकलाई पर्फमेन्ससँगै विश्वसनीयता, बचत र दीर्घकालीन स्वामित्वको आत्मविश्वास दिने जगदम्बा मोटर्सको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता ले भने, ‘टीभीएस एनटर्कले सधैं पर्फमेन्स, प्रविधि र बोल्ड स्टाइल खोज्ने युवा राइडरहरूसँग बलियो सम्बन्ध बनाउँदै आएको छ । टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लुको सार्वजनिकसँगै हामी एनटर्कको यही पहिचानलाई अझ नयाँ र उत्साहजनक रूपमा प्रस्तुत गरिरहेका छौं। आफ्नो राइडमार्फत अलग देखिन चाहने राइडरहरूका लागि यो नयाँ भेरिएन्ट निकै आकर्षक हुनेमा हामी विश्वस्त छौ ।’

यसको मूल्य ३ लाख ३४ हजार ४ सय रुपैयाँ तोकिएको छ । देशभर फैलिएको टीभीएसको आधिकारिक डिलर नेटवर्कमार्फत ग्राहकहरुले नजिकैको टीभए शोरुममा गई नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लुको विशेषता, उपलब्धता र स्वामित्व लाभबारे थप जानकारी प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा...

१५० सिसी इन्जिनमा आउँदै टीभीएस एनटर्क, यामाहा एरोक्ससंग सिधा प्रतिस्पर्धा

१५० सिसी इन्जिनमा आउँदै टीभीएस एनटर्क, यामाहा एरोक्ससंग सिधा प्रतिस्पर्धा

टीभीएसले छिट्टै आफ्नो लोकप्रिय स्कुट एनटर्कको १५० सीसी संस्करण लन्च गर्ने...

टीभीएस एनटर्क १२५ ले ५० हजार युनिट बिक्रीको माइलस्टोन पार ग-यो नेपालमा

टीभीएस एनटर्क १२५ ले ५० हजार युनिट बिक्रीको माइलस्टोन पार ग-यो नेपालमा

काठमाडौं – नेपाली बजारमा टीभीएस एनटर्क १२५ स्कुटरले ५० हजार युनिट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...