टाइम म्यागजिनद्वारा टेस्लाका मालिक इलोन मस्क ‘वर्षव्यक्ति’ घोषणा
टाइम म्यागजिनले विश्वकै धनाढ्य तथा अमेरिकी विद्युतीय कार निर्माता कम्पनी...
आईकारको नवीनतम इलेक्ट्रिक एसयूभी सुपर भी२३ ले विश्वप्रसिद्ध रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६ जित्न सफल भएको छ। जर्मनीमा प्रदान गरिने यो सम्मानले आईकारको मौलिक डिजाइन क्षमता तथा भविष्यको मोबिलिटीप्रतिको दूरदर्शी सोचलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको कम्पनीको भनाइ छ।
सन् १९५५ मा स्थापना भएको रेड डट डिजाइन अवार्डलाई आईएफ डिजाइन अवार्ड तथा आईडीईए (इन्टरनेसनल डिजाइन एक्सिलेन्स अवार्ड) सँगै विश्वकै तीन प्रतिष्ठित डिजाइन सम्मानमध्ये एक मानिन्छ। उत्कृष्ट डिजाइन तथा नवप्रवर्तनलाई सम्मान गर्ने यस अवार्डलाई प्रायः “डिजाइनको ओस्कार” भनेर पनि चिनिन्छ।
यो उपलब्धिले आईकारको मौलिक डिजाइन क्षमताको महत्वपूर्ण प्रमाण प्रस्तुत गर्नुका साथै आईकार भी२३ ले क्लासिक डिजाइन, उपयोगी इन्टेरियर स्पेस तथा बहुआयामिक प्रयोग अनुभवका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका उच्च मापदण्ड पूरा गरेको पुष्टि गरेको छ।
डिजाइनका दृष्टिले आईकार भी२३ ले पूर्ण रूपमा इलेक्ट्रिक प्लेटफर्मका विशेषताहरूलाई उपयोग गरेको छ। यसको फोर ह्विल्स एट द कर्नर लेआउट, ४३ डिग्री एप्रोच एङगल, ४१ डिग्री डिपार्चर एङगल तथा २१० एमएम ग्राउन्ड क्लियरेन्सले यसलाई बलियो र अफरोड क्षमतायुक्त स्वरूप प्रदान गरेको छ। झण्डै १ः१ चौडाई-उचाई अनुपात, बक्स आकारको बाह्य संरचना तथा स्पष्ट रेखाहरूले गाडीलाई अझ मजबुत र आकर्षक बनाएका छन्।
हाल विश्वव्यापी रूपमा बक्सी डिजाइनप्रतिको आकर्षण पुनः बढिरहेको छ। परम्परागत सोचभन्दा फरक, स्वतन्त्र र मौलिक डिजाइन दर्शनका कारण आईकार भी२३ ले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारसँगै उपभोक्ताहरूको समेत व्यापक प्रशंसा प्राप्त गरिरहेको छ।
आगामी दिनमा पनि आईकारले नवप्रवर्तन तथा मौलिक डिजाइनलाई केन्द्रमा राख्दै युवा पुस्ताका लागि विशिष्ट मूल्य प्रदान गर्ने उत्पादनहरू विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस दर्शनलाई विश्वव्यापी ‘राइड टु चियर’ अभियानमार्फत व्यवहारमा उतारिएको छ, जसअन्तर्गत आउटडोर यात्राहरू, कस्टमाइजेसन टुरहरू तथा शोरुम अनुभवहरूमार्फत ग्राहकहरूसँग रमाइला क्षणहरू साझा गरिँदै आएको छ।
टाइम म्यागजिनले विश्वकै धनाढ्य तथा अमेरिकी विद्युतीय कार निर्माता कम्पनी...
एमजी मोटर्सले भारतीय बजारमा सबैभन्दा सानो कार कोमेट ईभी सार्वजनिक गरेको छ...
काठमाडौं – अटोमोबाइल हबको रुपमा परिचित नक्सालमा अब प्रिमियम ईभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...