रिसाइकल मेटरियलबाट बनको रेनोको कार : जुन हाइड्रोजन र इलेक्ट्रिक इन्जिनबाट चल्छ

रेनोले पेरिसको चाङनाउ समिटमा आफ्नो कन्सेप्ट कार सिनिक भिजन सार्वजनिक गरेको छ । यो रेनोको दिगो विकास रणनीतिमा आधारित छ । कम्पनीले यो बनाउनका लागि ७० प्रतिशत रिसाइकल सामग्री प्रयोग गरेको छ ।

कम्पनीले जारी गरेको टिजरमा सो कारको झलक देखाइएको छ । टिजरमा कारको फ्रन्ट फेसिया र एलईडी हेडलाइटको डिजाइन देख्न सकिन्छ । कन्सेप्ट कार कम्पनीको इलेक्ट्रिक कार मेगन जस्तो देखिन्छ । यसमा मेगनको जस्तै स्लिम हेडलाइट क्लस्टरको साथ क्रसओभर जस्तो डिजाइन देख्न सकिन्छ । मेगनमा इन्डिकेटर माउन्टेड ओआरभीएमएस, फ्लस डोर ह्यान्डल र एक पूर्ण–चौडाइको एलईडी लाइट बार र पछाडि शार्क–फिन एन्टेना रहेको छ ।

रेनो सिनिक भिजन कन्सेप्ट कारको ब्याट्री सहित करिब ९५ प्रतिशत रिसाइकल सामग्रीबाट बनेको छ । कारको फर्श दूधका बोतल, प्लास्टिकका पाइप जस्ता प्लास्टिक स्क्रापबाट बनेको छ । कारको एक्सटेरियर रिसाइकल कार्बनबाट बनाइएको छ । यसको इन्धन ट्याङ्की कागजको फोहोरबाट बनेको कार्बन फाइबरबाट बनेको छ ।

नयाँ रेनो सिनिक भिजन कन्सेप्ट कारमा हाइब्रिड र हाइड्रोजन इन्जिन दुवै प्रयोग गरिएको छ । कन्सेप्ट कारको ब्याट्री अन्य ब्याट्रीको भन्दा ७५ प्रतिशत सानो कार्बन फुटप्रिन्ट प्रयोग गरिएको छ । यसमा एच२–टेक टेक्नोलोजीमा आधारित मिक्स पावरट्रेन, १६ केडब्ल्यु ब्याट्री र ४० केडब्ल्युएच क्षमताको ब्याट्री उपलब्ध छ । यो प्रविधि रेन्ज एक्सटेन्डर टेक्नोलोजीमा आधारित छ, जसले कन्सेप्ट कारमा र्२ गुणा हल्का ब्याट्रीभन्दा धेरै रेन्ज दिन्छ ।

सम्बन्धित समाचारहरू

नयाँ रेनो डस्टरको तयारी

नयाँ रेनो डस्टरको तयारी

रेनोले चाँडै नै आफ्नो बहुप्रतिक्षित मध्यम आकारको एसयूभी, नयाँ पुस्ताको...

डासियामा आधारित रेनोको नयाँ डस्टर सार्बजनिक

डासियामा आधारित रेनोको नयाँ डस्टर सार्बजनिक

डासियामा आधारित रेनेको नयाँ जेनेरेशन डस्टर पहिलिोपटक अनलाइनलमा लिक भएको छ...

रेनोले हाइड्रोजन कार ल्याउने, सार्वजनिक ग-यो कन्सेप्टको पहिलो टिजर

रेनोले हाइड्रोजन कार ल्याउने, सार्वजनिक ग-यो कन्सेप्टको पहिलो टिजर

रेनोले आगामी दिनमा कन्सेप्ट कारको टिजर इमेज सार्वजनिक गरेको छ । हेर्दा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...