सिप्रदीयन सहायता संस्थाद्वारा सातौं पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण

काठमाडौं – टाटा कम्युनिटी इनिसियटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ – सिप्रदीयन सहायता संस्थाको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिका– ११, सिन्धुपाल्चोकको नवनिर्मित श्री जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको छ ।

उक्त विद्यालय भवनकोे टाटा सस्टेनेबिलिटी गु्रपका महाप्रबन्धक श्रीरङ्ग धवले, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले समुदघाटन गरेका थिए ।

नेपाल भूकम्प पुनस्र्थापना परियोजनाको एक हिस्सा स्वरूप टाटा कम्युनिटी इनिसियटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा वि.स. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिएको छ। श्री शारदा माध्यमिक विद्यालय, श्री जाल्पादेवी माध्यमिक विद्यालय, श्री मार्मिङ माध्यमिक विद्यालय, श्री थापीनारायण आधारभूत विद्यालय, श्री कोदारी माध्यमिक विद्यालय तथा श्री जनज्योति आधारभूत विद्यालयको पुनर्निर्माणसँगै सातवटै विद्यालयको हस्तान्तरण गरिएको छ । अरु हस्तान्तरण भैसकेका विद्यालय भवनहरु जस्तै श्री जनज्योति आधारभूत विद्यालय पनि भूकम्प प्रतिरोधी आधुनिक संरचनामा पुनर्निर्माण गरिएकोे बताइएको छ ।

हस्तातन्तरण समारोहमा सिप्रदीयन सहायता संस्थाका सह–सचिब प्रभाकर मुनंकर्मी, सिप्रदीयन सहायता संस्थाका रजत श्रेष्ठ, विनोद बहादुर सिंह, विमल गौतम, रबिन श्रेष्ठ ,नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि परिषदका सदस्य ज्ञानेन्द्र प्रसाद तिमिल्सिना, स्काई लाइन आर्किटेक र निर्माण कम्पनी टक्सार अवालेको पनि उपस्थिति रहेको थियो ।

हस्तातन्तरण समारोहमा बोल्दै सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले नेपालमा वि.स.२०७२ सालमा आएको विनाशकारी भूकम्पले यो क्षेत्रमा धेरै क्षति गरेको र त्यसैले नै केही वर्षदेखि यस पुनसर्््थापना परियोजना प्रति दिलो ज्यान दिइएको बताए । उनले भने, ‘यस विद्यालयसँगै हामीले सिन्धुपाल्चोकमा सुविधा सम्पन्न कक्षाकोठाहरू रहेका सातवटा विद्यालयको हस्तान्तरण गरिसकेका छौ र भावी दिनमा पनि सामाजिक उत्तरदायित्व जिम्मेवारी सम्बन्धी गतिविधिहरू प्रति हामी समर्पित रहेर यस्तै कार्यहरुलाई निरन्तरता दिनेछौं ।’

सो समारोहमा टाटा सस्टेनेबिलिटी गु्रपका महाप्रबन्धक श्रीरङ्ग धवले, सिप्रदीयन सहायता संस्थाका बरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालको साथै भवन निर्माणका क्रममा सहयोग गर्नु हुने विभिन्न सहयोगीलाई सम्मान पनि गरिएको थियो ।

सिप्रदीयन सहायता संस्था एक लाभनिरपेक्ष, गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था हो । यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ । यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेड द्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो ।

सम्बन्धित समाचारहरू

७.७ डिल्स लाइक नेभर बिफोर स्किम, गाडी साट्दा थाइल्यान्ड भ्रमण देखि आइफोन १६ सम्मको अफर

७.७ डिल्स लाइक नेभर बिफोर स्किम, गाडी साट्दा थाइल्यान्ड भ्रमण देखि आइफोन १६ सम्मको अफर

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

अपडेटेड टाटा ह्यारियर फेसलिफ्ट चाँडै बजारमा आउँदै, फर्स्ट लुक सार्वजनिक

अपडेटेड टाटा ह्यारियर फेसलिफ्ट चाँडै बजारमा आउँदै, फर्स्ट लुक सार्वजनिक

टाटाले लामो समयदेखि परीक्षण कालमा रहेको ह्यारियर फेसलिफ्ट चाँडै लन्च...

सेप्टेम्बर १४ मा लन्च हुँदै टाटा नेक्सन र नेक्सन ईभी फेसलिफ्ट, टीभीसी सुटको क्रममा देखियो यस्तो

सेप्टेम्बर १४ मा लन्च हुँदै टाटा नेक्सन र नेक्सन ईभी फेसलिफ्ट, टीभीसी सुटको क्रममा देखियो यस्तो

टाटा मोटर्सको सबैभन्दा लोकप्रिय सब फोर मिटर कम्प्याक्ट एसयूभी नेक्सनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...