बजेटले उल्लेख गरे अनुसार विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर्ने बीवाईडीको प्रतिबद्धता
सरकारले विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा...
इलेक्ट्रिक स्कुटर एक पटक चार्ज गर्दा कति रेन्ज प्रदान गर्छ यो सबैभन्दा ठूलो चासो बनेको छ । हाल बजारमा दुई प्रकारका ब्याट्री निकेल म्यागानिज कोबाल्ट (एनएमसी) र लिथियम आइरन फस्फेट (एलएफपी) मा इलेक्ट्रिक स्कुटर प्रयोग भइरहेको छ । दुवैका आफ्नै विशेषता भए पनि तीव्र गतिका लागि एलएफपी ब्याट्री बढी प्रयोग हुने गरेको छ । यसको प्रमुख कारण टिकाउपन र भरपर्दोपन हो।
एलएफपी ब्याट्री अन्य ब्याट्रीभन्दा धेरै लामो समयसम्म टिक्ने मात्र होइन, सुरक्षाको हिसाबले पनि उत्कृष्ट मानिन्छ। यसले उच्च तापक्रमलाई सजिलै सहन सक्छ र लामो समयसम्म स्थिर परफर्मेन्स दिन सक्षम हुन्छ। सो ब्याट्री अलि भारी भए पनि यसको टिकाउपन बढी हुन्छ ।
सुजुकीले आफ्नो पहिलो एलएफपी ब्याट्री भएको इलेक्ट्रिक स्कुटर ‘ई–एक्सेस’ बजारमा ल्याएको छ। सुजुकी ई–एक्सेसले ३.१ किलोवाट आवर क्षमताको ब्याट्रीमार्फत करिब ९५ किलोमिटरको रेन्ज दिन्छ। दैनिक करिब ३० किलोमिटर यात्राको लागि सो स्कुटर एकपटक चार्ज गरेपछि तीन दिनसम्म सहजै चल्न सक्छ।
सेफ्टीका लागि पनि सो ब्याट्री विशेष रुपमा डिजाइन गरिएको छ। यसले आल्मुनियम हाउजिङको झट्का र आगलागीबाट जोगाउनुका साथै चर्को गर्मी, चिसो, पानीमा डुबाउने, कम्पन, क्रस र पंचरजस्ता कठोर परीक्षण पार गरेको छ।
सरकारले विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा...
चिनियाँ बजारमा विद्युतीय सवारीसाधन (ईभी) का पुराना ब्याट्रीलाई कालो...
युरोपीयन संघ र भारतले इलेक्ट्रिक सवारी साधनका ब्याट्री रिसाइक्लिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...