काठमाडौँ उपत्यकामा कहाँको भाडादर कति छ ? (सूचीसहित)
प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जेठ ८ गतेको मन्त्रीस्तरीय...
अभिनेत्री नीति शाहले नेपाली फिल्म उद्योगमा भ्यानिटी भ्यान को आवश्यकता रहेको विषय पुनः उठाएकी छिन् । चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्षको बजेट तयार गरिरहेको सन्दर्भमा उनले कलाकारहरूको सम्मान, सुरक्षा तथा सहज कार्य वातावरणका लागि भ्यानिटी भ्यानलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेकी हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले केही महिनाअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नेपाली फिल्म क्षेत्रसम्बन्धी छलफलमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पनि यही विषय उठाएको स्मरण गराएकी छिन् ।
उनले उक्त माग सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा ट्रोल, आलोचना तथा व्यक्तिगत आक्रमणसमेत खेप्नुपरेको उल्लेख गर्दै पनि आफ्नो आवाज नरोकिने स्पष्ट पारेकी छिन् ।
अभिनेत्री शाहका अनुसार नेपाली फिल्मको छायाङ्कन प्रायः दुर्गम र खुला स्थानमा हुने भएकाले कलाकारहरूले पोशाक परिवर्तन गर्न सुरक्षित स्थानसमेत पाउँदैनन् । कतिपय अवस्थामा सामान्य शौचालयको सुविधा नहुने र स्थानीयको घरमा निर्भर हुनुपर्ने अवस्था आउने भएकाले भ्यानिटी भ्यान विलासिताको वस्तु नभई आधारभूत आवश्यकता भएको उनको तर्क छ ।
उनले चलचित्र विकास बोर्डले आफ्नै भ्यानिटी भ्यान सञ्चालन गरेर न्यूनतम शुल्कमा चलचित्र निर्माण टोलीलाई उपलब्ध गराउने वा निर्माण कम्पनीहरूलाई भ्यानिटी भ्यान अनिवार्य रूपमा व्यवस्थापन गर्न प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने सुझाव दिएकी छिन् ।
यस्तो व्यवस्था लागू भएमा नेपाली चलचित्र उद्योगको व्यावसायिकता बढ्नुका साथै विशेषगरी महिला कलाकारहरूको सुरक्षा, गोपनीयता र कार्य सहजतामा उल्लेखनीय सुधार आउने उनको विश्वास छ।
शाहले वर्तमान सरकारले चलचित्र क्षेत्रको यो जायज मागलाई गम्भीर रूपमा सम्बोधन गर्ने अपेक्षा व्यक्त गर्दै कलाकारमैत्री पूर्वाधार निर्माणमा राज्यले आवश्यक पहल गर्ने विश्वाससमेत व्यक्त गरेकी छन्।
प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जेठ ८ गतेको मन्त्रीस्तरीय...
इटहरी – कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गरेको छ ।...
काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...