अब ब्याट्रीको फोहोर भर्चुअल खानीमा रूपान्तरण हुने, भारत र युरोपेली संघबीच सहकार्य

युरोपीयन संघ र भारतले इलेक्ट्रिक सवारी साधनका ब्याट्री रिसाइक्लिङ प्रविधिलाई प्रवर्द्धन गर्न करिब १६९ करोड भारु बराबरको सहकार्य सुरु गरेका छन् । यसको मुख्य उद्देश्य प्रयोग भइसकेका ब्याट्रीबाट लिथियम, कोबाल्ट र ग्रेफाइटजस्ता महत्वपूर्ण खनिज पुनः प्राप्त गर्नुका साथै त्यसलाई रिसाइक्लिङ गर्नु रहेको बताइएको छ।

सो कार्यक्रम भारत–युरोपीयन संघ व्यापार तथा प्रविधि परिषद् अन्तर्गत सञ्चालन गरिनेछ। कार्यक्रममा भारत र युरोपीयन संघका कम्पनी, स्टार्टअप, साना तथा मझौला उद्योग, विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् । यसको लागि प्रस्ताव पेश गर्ने अन्तिम मिति २०२६ सेप्टेम्बर १५ तोकिएको छ।

विश्वभर इलेक्ट्रिक सवारी साधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा लिथियम र कोबाल्टजस्ता खनिजको माग पनि बढिरहेको छ। यही अवस्थालाई ध्यानमा राख्दै भारत र युरोपीयन संघले रिसाइकलमार्फत आयातमा निर्भरता घटाउने लक्ष्य राखेका छन् । रिपोर्टका अनुसार सन् २०३० सम्म भारतमा मात्रै १२८ गिगावाट आवर बराबरको पुनः प्रयोग गर्न सकिने ब्याट्री क्षमता उपलब्ध हुने अपेक्षा गरिएको छ।

यस सहकार्यको मुख्य लक्ष्य प्रयोग भइसकेका ब्याट्रीको फोहोरलाई ‘भर्चुअल खानी’ मा रूपान्तरण गर्नु हो, जसबाट पुन: नवीनीकरण गरिएका सामग्रीलाई पुनः उद्योगमा प्रयोग गर्न सकिनेछ। यसले प्राकृतिक स्रोतको संरक्षणसँगै वातावरणीय प्रभाव कम गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

भारतका लागि युरोपीयन संघका राजदूत हर्वे डेल्फिनले ब्याट्रीहरू अत्यन्त रणनीतिक स्रोत भएकाले एकपटक प्रयोग गरेपछि फ्याँक्न नहुने बताएका छन्। त्यस्तै भारतका प्रमुख वैज्ञानिक सल्लाहकार अजय कुमार सुडले यो पहलले भारतको तीव्र गतिमा विस्तार भइरहेको इलेक्ट्रिक सवारी बजारका लागि बलियो घरेलु रिसाइक्लिङ प्रणाली निर्माण गर्न सहयोग पुग्ने बताएका छन्।

रिपोर्टका अनुसार सो सहकार्यले भारत र युरोपीयन संघबीचको प्राविधिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै वातावरण संरक्षण, स्रोतसाधनको दिगो उपयोग तथा हरित अर्थतन्त्र निर्माणमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

सम्बन्धित समाचारहरू

ओरा गुड क्याट अब ९९ किलोवाट मोटर सहित ओरा ०३ नाममा नेपाल आउने

ओरा गुड क्याट अब ९९ किलोवाट मोटर सहित ओरा ०३ नाममा नेपाल आउने

काठमाडौं – नेपाली बजारमा गत वर्ष देखि परीक्षणमा रहेको ग्रेटवाल मोटर्सको...

४ लाख बढी दिपल ईभीमा गोल्डेनशिल्ड ब्याट्री, छैन एउटा पनि आगलागीको घटना

४ लाख बढी दिपल ईभीमा गोल्डेनशिल्ड ब्याट्री, छैन एउटा पनि आगलागीको घटना

इलेक्ट्रिक भेइकलमा आगलागीका खबरहरू प्रायः हेडलाइन बन्छन् । सोलको पार्किङ...

कोरला नाकाबाट भित्रिए १,१९४ विद्युतीय कार

कोरला नाकाबाट भित्रिए १,१९४ विद्युतीय कार

काठमाडौं – नेपाल-चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...