सार्बजनिक गाडीको भाडा घट्यो, इन्धन १८ प्रतिशत सस्तिँदा भाडामा २ प्रतिशत मात्र समायोजन

काठमाडौं– यातायात व्यवस्था विभागले आफ्नै वैज्ञानिक भाडा समायोजन प्रणालीको खिल्ली उडाउँदै सार्वजनिक सवारीको भाडा दरमा नाम मात्रको कटौती गरेको छ ।

इन्धनको मूल्य १८ प्रतिशतभन्दा बढीले गिरावट आउँदा सर्वसाधारणले ठूलो राहतको आशा राखेका थिए, तर विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा जम्मा २ प्रतिशत मात्र भाडा घटाएर झारा टार्ने काम गरेको छ ।

विभागको नियम अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ भएमा स्वचालित रूपमा भाडा समायोजन हुनुपर्छ । १८ प्रतिशतको गिरावट आउँदा भाडा सोही अनुपातमा घट्नुपर्नेमा यात्रुवाहक र मालवाहक सवारी दुवैमा २ प्रतिशत मात्र घटाउनुले विभागको कार्यशैलीमाथि प्रश्न उठाएको छ ।

अझ उदेकलाग्दो कुरा त के छ भने, यो न्यून राहत पनि काठमाडौँ उपत्यका र अन्तर जिल्लाका यात्रुले पाउने छैनन् । असार १८ गतेदेखि लागू हुने भनिएको यो नयाँ भाडादरले लामो दूरीका यात्रुलाई थोरै राहत दिए पनि भाडा निर्धारणको वैज्ञानिक प्रणालीलाई भने गिज्याइरहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...