पुराना ईभी ब्याट्रीको अवैध कारोवार : नियमन छल्न पहाडमा गोप्य गोदाम

चिनियाँ बजारमा विद्युतीय सवारीसाधन (ईभी) का पुराना ब्याट्रीलाई कालो बजारमा अवैध रूपमा बिक्री गर्ने गिरोह सक्रिय बन्दै गएको रिपोर्ट सार्बजनिक भएको छ । चीनको सरकारी सञ्चार माध्यम सीसीटीभीद्वारा गरिएको एक गुप्त अनुसन्धानले यस अवैध वितरण नेटवर्कको पर्दाफास गरेको हो ।

उक्त अनुसन्धाननका अनुसार, यी ब्याट्रीहरूलाई भूमिगत वितरण केन्द्रहरूले अबैध रुपमा ६० भोल्ट र ७२ भोल्टको पावर मोड्युलमा रुपान्तरण गरिरहेका छन् । उपभोक्ताहरूको सुरक्षाका लागि सरकारले तोकेको अनिवार्य राष्ट्रिय ४८ भोल्टको थ्रेसहोल्डलाई यी अवैध सेटअपहरूले स्पष्ट रूपमा उल्लङ्घन गरेके रिपोर्टमा उल्लेख गरिएको छ ।

अझ डरलाग्दो कुरा के छ भने, यी भूमिगत केन्द्रहरूले मात्र २० युआन (२.९६ अमेरिकी डलर) परिमार्जन शुल्क लिएर ब्याट्रीमा जडान गरिएका फ्याक्ट्री वायरिङ र एकीकृत ओभरकरेन्ट, ओभरचार्ज तथा सर्ट–सर्किट बचाउने जस्ता महत्त्वपूर्ण सुरक्षा प्रणालीहरूलाई जानाजानी निस्क्रिय (पारिदिने गरेका छन् ।

आधिकारिक सुरक्षा तथ्याङ्कले यो कालो बजार कति घातक बन्दै गइरहेको छ भन्ने पुष्टि गर्दछ । तथ्याङ्क अनुसार देशमा हुने कुल विद्युतीय साइकल आगलागीका घटनाहरूमध्ये झन्डै ३३ प्रतिशत अवैध सर्किट परिमार्जनका कारण हुने गरेका छन् । त्यसबाहेक, यसरी सल्किएका आगोमध्ये ८० प्रतिशत घटनामा कबाड वा पुराना विद्युतीय सवारी साधनबाट निकालिएका ब्याट्री प्याकहरू जिम्मेवार पाइएका छन् ।

विश्लेषकहरूका अनुसार हाल यो ब्याट्री रिसाइक्लिङको बजार ५२७.३२ अर्ब युआन (७८ अर्ब अमेरिकी डलर) बराबरको रहेको छ, जसको ठूलो हिस्सा नियमनभन्दा बाहिर छ । कारबाहीबाट बच्नका लागि गिरोहले चार्जिङ क्याबिनेटहरूलाई इलेक्ट्रिक मोटरसाइकल पूर्वाधारको गलत लेबल लगाउने तथा शेन्जेन झोङटौ न्यू इनर्जी जस्ता कम्पनीले सहरको ट्र्याकिङ नेटवर्कभन्दा टाढा पहाडी क्षेत्रमा गोप्य भण्डारण सुविधाहरू खडा गर्ने गरेको पाइएको छ । यस्ता अखडाहरु पहाडमुनि निकै गोप्य स्थानमा सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारहरू

एसटीसी ब्याट्रीको ब्रान्ड एम्बेसडरमा महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडी नियुक्त

एसटीसी ब्याट्रीको ब्रान्ड एम्बेसडरमा महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडी नियुक्त

काठमाडौं–नेपाली ब्याट्री ब्रान्ड एसटीसी राइड तथा एसटीसी इनर्जीले नेपाली...

चिनियाँ वैज्ञानिकहरूले बनाए ३ मिनेटमै फुल चार्ज हुने ईभी ब्याट्री

चिनियाँ वैज्ञानिकहरूले बनाए ३ मिनेटमै फुल चार्ज हुने ईभी ब्याट्री

चीनका वैज्ञानिकहरूले ३ मिनेटमै फुल चार्ज हुने सोलिड स्टेट ब्यार्टी लिथियम...

भारतले बनायो सुपर-फास्ट सोडियम-आयाेन ब्याट्री, चीनको लिथियम प्रभुत्वलाई चुनौती

भारतले बनायो सुपर-फास्ट सोडियम-आयाेन ब्याट्री, चीनको लिथियम प्रभुत्वलाई चुनौती

भारतले लिथियममा चीनको निर्भरता घटाउने दिशामा ठूलो सफलता पाएको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...