फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा जेएमसीले उत्पादन गर्ने

फोर्डले आफ्नो लोकप्रिय एसयूभी ब्रोंकोको ईभी र प्लग–इन–हाइब्रिड संस्करण सार्बजनिक गरेको छ । अमेरिकामा सबैभन्दा लोकप्रिय एसयूभी मध्ये एक मानिने ब्रोंकोको ईभी भर्सन चिनियाँ बजारकै लागि भनेर ल्याउन लागिएको हो ।

बीवाईडीको ब्लेड ब्याट्री जडान गरिएको सो एसयूभीको लम्बाई ५०२५ मिमी, चौडाई १९६० मिमी र उचाई १८१५ मिमी तथा ह्वीलवेस २९५० मिमी छ । लुकका हिसाबले, यो ब्रोंको स्पोर्ट जस्तै छ र टेलगेटमा स्पेयर टायर राखिएको छ ।

ब्रोंको ईभीमा फोर्डले १०५.४ किलोवाट आवरको ठूलो ब्याट्री प्याक दिएको छ, जसले सिंगल चार्जमा ६५० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । अल ह्वील ड्राइभ सिस्टम दिइएको सो एसयूभीमा दुईवटा मोटर राखिएको छ, जसको संयुक्त पावर ३११ बीएचपी छ । कारलाई १७० किलोमिटर प्रति घन्टाको गतिमा हाँक्न सकिन्छ ।

साथै ब्रोंकोको प्लग–इन हाइब्रिड संस्करणमा दुईवटा विद्युतीय मोटर र १.५–लिटरको पेट्रोल इन्जिन जडान गरिएको छ । एकसटेन्डेड रेन्ज ईभीका रुपमा आएको यस संस्करणमा ४३.७ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसको ईभी रेन्ज २२० किलोमिटर र समग्र रेन्ज १२०० किलोमिटर दाबी गरिएको छ ।

ब्रोंको ईभीलाई चीनमा जियाङ्लिङ मोटर्स (जेएमसी) ले उत्पादन गर्नेछ । चीनमा यो एसयूभी यसै वर्षको चौथो त्रैमासिकमा लन्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

प्रतिबन्ध हटेपछि नेपाल आए करोड बढी मूल्यका ३ नयाँ एसयूभी

प्रतिबन्ध हटेपछि नेपाल आए करोड बढी मूल्यका ३ नयाँ एसयूभी

सवारी साधन आयातमा लागेको प्रतिबन्ध हटेसँगै पछिल्लो समय नेपाली बजारमा नयाँ...

फोर्स गुर्खा टेष्ट ड्राइभ क्याम्पेन चल्दै : उत्साहजनक सहभागिता

फोर्स गुर्खा टेष्ट ड्राइभ क्याम्पेन चल्दै : उत्साहजनक सहभागिता

पोखरा – केही समय अगाडि मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरेको फोर्स...

ट्रम्पको कर नीतिका कारण तमिलनाडु प्लान्टका विषयमा ​​पुनर्विचार गर्दै फोर्ड

ट्रम्पको कर नीतिका कारण तमिलनाडु प्लान्टका विषयमा ​​पुनर्विचार गर्दै फोर्ड

फोर्डले तमिलनाडु प्लान्टको लागि आफ्नो योजनामा ​​पुनर्विचार गर्ने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...