ठूलो ब्याट्री प्याक जडित एमजी विन्डसर ३ दिनपछि लन्च हुने

भारतिय बजारमा निकै राम्रो चर्चा पाइरहेको एमजीको विद्युतिय कार विन्डसर अपडेट भएर आउने भएको छ । ३ दिनपछि अर्थात मे ६ मा लन्च हुने तय भएको विन्डसरमा एमजीले ठूलो ब्याट्री प्याक दिएर अपडेट गर्न लागेको हो ।

विन्डसर प्रो नामले आउने सो ईभीमा ५०.६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध हुने अनुमान गरिएको छ । ब्याट्री साइज बढेपछि यसले दिने रेन्जमा समेत सुधार आउनेछ । एमजीले अहिले ३८ किलोवाट आवरको ब्याट्री प्याकमा विन्डसर ईभी उपलब्ध गराउँदै आएको र यसको रेन्ज ३३० किलोमिटर दाबी गरिएको छ । नयाँ भर्सनले ४६० किलोमिटरसम्म रेन्ज दिने अनुमान गरिएको छ ।

ब्याट्री बाहेक यसको सेफ्टि फिचरमा समेत ब्यापक अपडेट गर्ने जेएसडब्लु एमजीले तयारी गरेको छ । नयाँ संस्करण्मा एडिएएस लगायत अन्य आधुनिक सेफ्टि फिचर उपलब्ध हुने अनुमान गरिएको छ भने इन्टेरियरमा समेत अपडेट हुनेछ ।

एमजी विन्डसर नेपाली बजारमा समेत प्रतिक्षा गरिएको ईभी हो । एमजीको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले यस नयाँ ईभीलाई अवको केहिसमयपछि लन्च गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ स्पोर्टी लुक सहित एमजी वान एसयूभी सार्वजनिक, हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्ने

नयाँ स्पोर्टी लुक सहित एमजी वान एसयूभी सार्वजनिक, हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्ने

लामो समयदेखि टिजर तस्बिर जारी गरे पश्चात अन्तमा एमजी मोटरको लेटेस्ट...

एमजी हेक्टरमा अब अझ प्रिमियम सुविधा, हाईटेक इन्फोटेनमेन्ट सिस्टम सहित अपडेट

एमजी हेक्टरमा अब अझ प्रिमियम सुविधा, हाईटेक इन्फोटेनमेन्ट सिस्टम सहित अपडेट

एमजी मोटर इन्डियाले आफ्नो लोकप्रिय एसयूभी एमजी हेक्टरलाई अझ हाईटेक फिचर...

लुम्बिनी लायन्ससँग एमजी मोटर्सको सहयात्रा, बन्यो मोबिलिटी पार्टनर

लुम्बिनी लायन्ससँग एमजी मोटर्सको सहयात्रा, बन्यो मोबिलिटी पार्टनर

काठमाडौं– एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...