फोर्डले लियो ईभीका लागि गियर शिफ्टरको पेटेन्ट

इलेक्ट्रिक कारमा आइसिईको भन्दा फरक पावरट्रेनको साथ सम्पूर्ण ड्राइभिङ अनुभव नै फरक हुन्छ । तर पछिल्लो समय अटो निर्माताहरूले नयाँ प्रविधि प्रयोग गरेर त्यो खाडललाई पूरा गर्ने प्रयास गरिरहेका छन् ।

फोर्डले हालै ईभीको लागि म्यानुअल गियर शिफ्टर पेटेन्ट दर्ता गरेको छ । इलेक्ट्रिक भेहिकलको लागि शिफ्टर एसेंबली शीर्षकको पेटेन्ट, मार्च २० मा प्रकाशित भएको थियो । फोर्डले लिएको उक्त पेटेन्ट अनुसार बक्समा माउन्ट गरिएको परम्परागत गियर स्टिक देखाइएको छ ।

ईभीमा उपलब्ध हुने गियर शिफ्टर विभिन्न एक्चुएटरहरूसँग जडान हुन्छ र यसलाई इलेक्ट्रोनिक पावर नियन्त्रकद्वारा व्यवस्थित गरिन्छ । पेटेन्टका अनुसार, यसले ब्याट्री प्याकद्वारा डेलिभर गरिएको विद्युतीय ऊर्जाको प्रवाहलाई व्यवस्थापन गर्दछ, मोटरहरूको गति र प्रत्येक मोटरले उत्पादन गर्ने टर्कलाई नियन्त्रण गर्दछ ।

फोर्डको ईभी शिफ्टरमा साना मोटरहरू पनि राखिएको हुनेछ, जसले लिभर मार्फत फोर्स फिडब्याक प्रदान गर्दछ । चालकले गियर सिफ्ट गर्दा प्राप्त हुने कम्पनहरू महसुस गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सले किन्ने भयो फोर्ड इन्डियाको प्लान्ट, फोर्डका कर्मचारीले टाटामा काम गर्ने

टाटा मोटर्सले किन्ने भयो फोर्ड इन्डियाको प्लान्ट, फोर्डका कर्मचारीले टाटामा काम गर्ने

टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडले फोर्ड इन्डियाको सानन्द,...

२०२१ फोर्स गोर्खाको टिजर सार्वजनिक, महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने

२०२१ फोर्स गोर्खाको टिजर सार्वजनिक, महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने

फोर्स मोटर्सले चाँडै नै अफरोड एसयूभी गोर्खा नयाँ अवतारमा लन्च गर्ने तयारी...

नेपाल भित्रिने तयारीमा फोर्सको नयाँ गोर्खा, माघको दोस्रो साता सम्म नेपालमा लन्च हुने

नेपाल भित्रिने तयारीमा फोर्सको नयाँ गोर्खा, माघको दोस्रो साता सम्म नेपालमा लन्च हुने

काठमाडौं – भारतमा धेरै बुकिङ भइरहेको फोर्सको नयाँ गोर्खा एसयूभी नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...