आकर्षक लुक्स र हाई-टेक फिचर सहित नयाँ जेनेरेसन मारुती सुजुकी डिजायर लन्च

मारुती सुजुकीले नयाँ पुस्ताको डिजायर एसयूभी लन्च गरेको छ । जसको आकर्षक लुक्स र हाई टेक फिचरका कारण निकै चर्चा चलिरहेको छ ।

कम्पनीले नयाँ जेनेरेसन डिजायमा हाई टेक र उत्कृष्ट फिचर प्रदान गरेको छ । यसमा ९ इन्चको इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले, १६ इन्चकाे अलोय ह्विल, ३६० डिग्री भ्यु क्यामेरा, एलईडी डीआरएल, एलईडी हेडल्याम्प, फगल्याम्प, बडी-कलर बम्पर, हाई-माउन्ट एलईडी स्टप ल्याम्प, शार्क फिन एन्टेना, फ्रन्ट फुटवेल इल्युमिनेशन, लेदर र्याप स्टेयरिङ ह्विल, ड्युअल टोन इन्टेरियर, रिभर्स पार्किङ क्यामेरा जस्ता फिचर समावेश गरिएको छ ।

साथै यसमा ड्राइभिङ अनुभवलाई सहज बनाउन सनरुफ, वायरलेस चार्जिङ, क्रूज कन्ट्राेल, पुश-बटन स्टार्ट-स्टप, अटो हेडल्याम्प, रियर एसी भेन्ट, डिजिटल एसी प्यानल र सुजुकी कनेक्ट जस्ता फिचर समावेश गरेको छ । सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, हाई स्पिड वार्निङ अलार्म, ३ पोइन्ट सिट बेल्ट, हिल स्टप असिस्ट, एन्टी लक ब्रेकिङ सिस्टम र रिभर्स पार्किङ सेन्सर जस्ता फिचर समावेश छ ।

नयाँ जेनेरेसन मारुती सुजुकी डिजायर भारतीय बजारमा ६ लाख ८० हजार भारुदेखि सुरु हुन्छ । जबकि यसको टप इन्ड भेरिएन्टको मूल्य १० लाख १४ हजार भारु छ ।

नयाँ जेनरेसन मारुती डिजायर आफ्ना उत्कृष्ट फिचर, विलासी लुक्स र उच्च सुरक्षाका कारण बजारमा  उपभोक्ताका लागि प्रमुख रोजाइ बन्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

इन्ट्री लेभलमा नयाँ खेलाडी बन्ने सम्भावना : २६ किमी माइलेज दिने नयाँ सेलेरियो आज लन्च हुँदै

इन्ट्री लेभलमा नयाँ खेलाडी बन्ने सम्भावना : २६ किमी माइलेज दिने नयाँ सेलेरियो आज लन्च हुँदै

भारतमा आज मारुती सुजुकीको नयाँ पुस्ताको सेलेरियो ह्याचब्याक कार...

महिन्द्रा थारको प्रतिस्पर्धी जिम्नी ५ डोर, यस्तो छ फिचर र पावरट्रेन

महिन्द्रा थारको प्रतिस्पर्धी जिम्नी ५ डोर, यस्तो छ फिचर र पावरट्रेन

भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले नयाँ...

सुजुकी बर्गम्यान स्कुटर अब नयाँ कलर सहित नेपाली बजारमा

सुजुकी बर्गम्यान स्कुटर अब नयाँ कलर सहित नेपाली बजारमा

काठमाडौं – सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...