पहिलो पटक बाहिर आयो टाटा ह्यारियर ईभीको इन्टेरियर

टाटा मोटर्सले यसै वर्ष भारतीय बजारमा ह्यारियर ईभी लन्च गर्ने तयारी गरिरहेको छ । सोहि क्रममा कम्पनीले पुनेस्थित प्लान्टमा हालै यसको उत्पादन भर्सन प्रर्दशन समेत गरेको थियो । कम्पनीले हालै पहिलो पटक यस नयाँ ईभीको इन्टेरियरलाई आंशिक रुपमा सार्बजनिक गरेको हो ।

टाटा मोटर्सले जारी गरेको टिजरमा ह्यारियर ईभीको ड्यासबोट आउटलेट हुवहु आईसिई मोडलको जस्तै देखिएको छ । क्ष्ऋभ्–संचालित संस्करण जस्तै ड्यासबोर्ड लेआउट हुनेछ । टिजरले ईभी विशेष ग्राफिक्सको साथ ठूलो फ्लोटिंग टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र डिजिटल उपकरण क्लस्टर प्रकट गरेको छ । सो नयाँ ईभीमा एलुमिनेटेड लोगोको साथ नयाँ फोर–स्पोक स्टेयरिङ ह्वील समेत आईसिई भर्सनबाटै लिइएको देख्न सकिन्छ ।

ह्यारियर ईभी ब्रान्डको जेन २ ईभी आर्किटेक्चरमा आधारित हुने सम्भावना देखिएको छ । टाटा मोटर्सले यस नयाँ ईभीलाई डुअल मोटर कन्फिगरेसनमा प्रस्ताव गरेको छ । साथै, यसमा ५०० किलोमिटर रेन्ज दिन सक्षम ७५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान हुनेछ ।

ह्यारियर ईभी लन्च भएपश्चात यसले हुन्डाई क्रेटा ईभी र मारुति सुजुकी ई भिटारासँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । भारतियर बजारमा लन्च भएपनि सो नयाँ ईभी नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

कम्प्याक्ट सेडान खोज्नेलाई हुन्डाई, सुजुकी, टाटा र होन्डाका ६ कार, यस्तो छ मूल्य र पावर

कम्प्याक्ट सेडान खोज्नेलाई हुन्डाई, सुजुकी, टाटा र होन्डाका ६ कार, यस्तो छ मूल्य र पावर

सेडान भन्दा छोटो र ह्याचब्याकभन्दा केही लामो देखिने कम्प्याक्ट सेडान...

टाटाको नक्कली पार्ट्स विक्री गर्ने रौनियार प्रहरी नियन्त्रणमा

टाटाको नक्कली पार्ट्स विक्री गर्ने रौनियार प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले हिँजो काठमाण्डौ ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो...

बाइक वा स्कुटर साटेर टियागो ईभी चढ्ने मौका, आयो टाटा मोटर्सको ‘स्विच टु टियागो ईभी’ एक्सचेन्ज क्याम्प

बाइक वा स्कुटर साटेर टियागो ईभी चढ्ने मौका, आयो टाटा मोटर्सको ‘स्विच टु टियागो ईभी’ एक्सचेन्ज क्याम्प

काठमाडौं – नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...