भारतमा टाटा ईभीको २ लाख बढी ग्राहक, ८ हजार बढी ईभी १ लाख किलोमिटर गुडेको दाबी

भारतमा टाटा ईभीको ग्राहक २ लाख बढि पुगेको छ । २०१९ को अन्तिमतिर नेक्सन ईभी उतारेको टाटाले त्यसपछि टिगोर, टियागो र पन्च हुँदै केही समयअघि कर्भ ईभी लन्च गरेको थियो ।

२ लाख यूनिट ईभी बिक्री भएको अवरमा टाटाले ग्राहकलाई बिभिन्न अफर समेत सार्बजनिक गरेको छ । हिँजोदेखी लागु भएको उक्त अफर ४५ दिनसम्म चल्ने र यस विचमा ग्राहकले १ लाख भारु बरावरको अतिरिक्त लाभ पाउने जनाइएको छ ।

जसमा एक्सचेन्ज बोनस, ५० हजार भारु सम्मको लोयल्टी बोनस र सत् प्रतिशतसम्म अन–रोड फाइनान्स अप्सन समाबेश गरिएको छ ।

साथै, कम्पनीले कुनै पनि टाटा पावर चार्जिङ स्टेसनमा ६ महिनाको निःशुल्क चार्जिङ सुविधा र ईभी खरिद गर्दा ७.२ किलोवाटको एसी फास्ट होम चार्जर निःशुल्क प्रदान गर्ने जनाइएको छ ।

टाटा मोटर्सका अनुसार टाटा ईभी प्रयोग गर्ने ग्राहकले ५ वर्षमा सामूहिक ५ अर्ब किलोमिटरभन्दा बढी यात्रा गरेका छन्, जसले ७ लाख टन कार्वन डाईअक्साड उत्सर्जन घटाउन योगदान पु¥याएको छ । यस विचमा ८ हजार भन्दा बढी ईभीले १ लाख किलोमिटर यात्रा तय गरिसकेको कम्पनी दाबी छ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सद्वारा  २०२६ मा तीन नयाँ मोडल ल्याउने तयारी

टाटा मोटर्सद्वारा २०२६ मा तीन नयाँ मोडल ल्याउने तयारी

टाटा मोटर्सले सन् २०२६ मा तीन नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने तयारी...

सस्तो कारका सर्जक रतन टाटाको निधन

सस्तो कारका सर्जक रतन टाटाको निधन

भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन भएको छ । भारतका प्रसिद्ध...

भारतमा टाटा नेक्सन ईभीमा ५ लाख सम्म छुट

भारतमा टाटा नेक्सन ईभीमा ५ लाख सम्म छुट

टाटा मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयुभी नेक्सनमा भारी छुट योजना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...