भन्सार नाकामा आईपुग्यो एमजी एस–५, अर्को साता बुकिङ खुल्ने

एमजीको बहुप्रतिक्षित बिद्युतिय एसयुभी एस–५ भन्सार नाकामा आइपुगेको छ । एस–५ आगामी आइतबारसम्म शोरुममा आईपुग्ने र लगत्तै बुकिङ खुल्ने कम्पनी स्रोतले जनाएको छ ।

बिद्युतिय एसयूभीमा यसअघि निकै चर्चा पाएको एमजी जेडएसको फेसलिफ्ट भर्सन एस–५ नेपाली बजारका लागि निकै प्रतिक्षा गरिएको ईभी हो । यस नयाँ एसयूभीलाई एमजीले प्योर इलेक्ट्रिक प्लेटफर्ममा तयार पारेको छ । जबकी, यसअघि उपलब्ध जेडएस ईभी आईसिई प्लेटफर्ममा तयार भएको थियो ।

अन्तराष्र्टि«य बजारमा ४९ र ६२ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध एस–५ को संभवत दुबै भेरिएन्ट नेपाल आउनेछ । सिएलटिसीका अनुसार यस कारको रेन्ज क्रमश ४२५ र ५२० किलोमिटर दाबी गरिएको छ । कम्पनीले यसमा लिथियम आइरन फस्फेट ब्याट्री दिएको हो । रियर ह्विलमा मोटर राखिएको यस कारको मोटर क्षमता भने १२५ किलोवाट छ । ७.२ किलोवाट क्षमताको चार्जरले यसलाई ८ घन्टामै फुल चार्ज गर्न सकिन्छ ।

चिनियाँ बजारमा १४ देखी २० हजार डलरसम्म मूल्य निर्धारण गरिएको यस ईभीको मूल्य नेपाली बजारमा समेत निकै आकर्षक र प्रतिस्पर्धी तय हुने अनुमान गर्न सकिन्छ ।

४४७६ एमएम लामो, १८४९ एमएम चौडा र १६२१ एमएम अग्लो एस–५ मा २७३० एमएम लामो ह्विलवेश दिइएको छ । यस गाडीको फ्रन्ट लुक्स निकै बल्कि र स्पोर्टी देखिन्छ भने साईड प्रोफाइल र रियर लुक्स समेत निकै आकर्षक छ ।

एमजी एस–५ मा पानारोमि सनरुफ, १८ इन्चको मल्टि स्पोक एलोई ह्विल, हिटिङ तथा भेन्टिलेसन सहितको लेदर सिट, १५.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२५ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस मोबाइल चार्जिङ, एडप्टिभ क्रुज कन्ट्रोल र ३६० डिग्री क्यामेरा लगायत फिचर पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

जेडएस ईभीको बढ्दो लोकप्रियताले एमजी हेक्टरको बजारलाई कस्तो पार्ला प्रभाव ?

जेडएस ईभीको बढ्दो लोकप्रियताले एमजी हेक्टरको बजारलाई कस्तो पार्ला प्रभाव ?

पारामाउन्ट मोटर्सले हिजो एमजी हेक्टरलाई नेपाली बजारमा औपचारिक लन्च गरेको...

देशका यी १२ स्थानमा चर्जिङ स्टेशन थप गर्दैै एमजी मोटर्स, होटल र पेट्रोल पम्प ब्यावसायीलाई सहकार्य गर्न आह्वान

देशका यी १२ स्थानमा चर्जिङ स्टेशन थप गर्दैै एमजी मोटर्स, होटल र पेट्रोल पम्प ब्यावसायीलाई सहकार्य गर्न आह्वान

एमजी ब्रान्डका इलेक्ट्रिक कार प्रयोगकर्ताले निकट भबिष्यमै देशका थप १२...

एमजी जेडएस ईभीको अर्को भर्सन आउदै, टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने

एमजी जेडएस ईभीको अर्को भर्सन आउदै, टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने

एमजी मोटर्सले २०२२ एमजी जेडएस ईभी फेसलिफ्ट लन्च गर्ने तयारी गर्दैछ । जसमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...