एमजी विन्डसर बन्याे सबैभन्दा छिटो बिक्री हुने ईभी, केवल ४०० दिनमै ५० हजार युनिट बिक्री
एमजी मोटर इन्डियाले विन्डसर ईभीको ५० हजार युनिट बिक्री गरेको घोषणा गरेको...
काठमाडौं– एमजीले भारतमा ईभीको बिक्री ह्वात्तै बढाएको छ । हालै लन्च गरिएको विन्डसर ईभी चम्किँदा एमजीले यस सेग्मेन्टमा टाटा ईभीसंगको दुरी निकै कम गर्न सफल भएको हो ।
जनवरीमा एमजीले कुल ४ हजार २२५ यूनिट ईभी बेचेर हालसम्मकै सर्बाधिक बिक्री रेकर्ड कायम गरेको छ । जुन, टाटाले सोही महिना बिक्री गरेको कुल ५ हजार ३७ यूनिटको तुलनामा ८१२ यूनिटले मात्र कम हो । विन्ड्सर ईभी लन्च भएसंगै एमजीले टाटासंगको दुरी निरन्तर कम गर्दै लगेको छ ।
चालु आर्थिक वर्षको १० महिनामा टाटाले कुल ४८ हजार ५६५ यूनिट ईभी बिक्री गरेर यस सेग्मेन्टमा ५७ प्रतिशत बजार हिस्सा होल्ड गरेको छ । यसैगरी दोस्रो सर्बाधिक ईभी बिक्री गरेको एमजीले सोही अबधीमा २१ हजार ४६४ यूनिट बिक्री सहित बजार हिस्सा २१ प्रतिशत पुर्याएको छ ।
टाटासंग अहिले नेक्सन, पन्च, टियागो, टिगोर र कर्भ ईभी बिक्रीका लागी उपलब्ध छ भने एमजीले जेडएस, कोमेट र विन्ड्सरमात्रै बिक्री गरिरहेको छ । प्रतिस्पर्धी बढेसंगै टाटाको बिक्री निरन्तर घटेको छ ।
गत वर्षको १० महिनामा ७० प्रतिशत हिस्सा लिएको टाटा चालु आर्थिक वर्षको सोही अबधीमा ५७ प्रतिशतमा खुम्चिएको छ भने एमजीले गत वर्षको तुलनमा १३ प्रतिशतले सुधार गरेको हो ।
टाटा र एमजीपछि तेस्रो धेरै ईभी बिक्री गर्ने ब्रान्ड महिन्द्रा बनेको छ । महिन्द्राले जनवरीमा ६८६ यूनिट एक्सयूभी ४०० बिक्री गरेको छ भने १० महिनाको अबधीमा उसले कुल ५ हजार ६९८ यूनिट ईभी बेच्न सफल भएको छ ।
बजार हिस्साका आधारमा बीवाईडी चौथो स्थानमा छ भने सिट्रोन, बिएमडब्लु र मर्सिडिज क्रमश पाँचौ, छैटौ र साँतौ स्थानमा समेटिएका छन् । आँठौ स्थानमा रहेको हुन्डाइले जनवरीमा ३२१ यूनिट ईभी बिक्री गरेको छ । क्रेटा ईभीको मास डेलिभरी सुरु भएसंगै हुन्डाईले सबै ब्रान्डलाई पछि पार्ने अनुमान गरिएको छ ।
एमजी मोटर इन्डियाले विन्डसर ईभीको ५० हजार युनिट बिक्री गरेको घोषणा गरेको...
भारतीय बजारमा टाटाले चाँडै नै ईभी सेगमेन्टमा नयाँ ह्यारियर ईभी प्रस्तुत...
भैरहवा – टाटा मोटर्सले भैरहवाको पडसरीस्थित स्थित सिप्रदीको आधिकारिक डिलर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...