प्रि–बुकिङ गरिएका एक्सपेङ जी६ एसयूभी दशैं अगावै आइपुग्ने, डेलिभरी समेत गरिने

काठमाडौं – एक्सपेङको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले केही दिन पहिले देखि नै बुकिङ गरिएका एक्सपेङ जी६ कार दशैं अगाडि नै नेपाल आइपुग्ने जानकारी सार्वजनिक गरेको छ ।

ग्राहकले धेरै प्रतीक्षा गरेको एक्सपेङ जी६ दशैं भन्दा अघि नै वितरण गर्ने कार्यक्रम निर्धारण भएको कम्पनीको भनाइ छ । एक्सपेङ जी६ बुक गरेका ग्राहकहरूले दशैं भन्दा अगाडि नै गाडी प्राप्त गर्न सक्ने लक्ष्य राखेर यी सवारी साधनहरू चीनबाट प्रस्थान गरिसकेका छन् । यी सवारी साधन छिट्टै नेपालमा आउने अपेक्षा गरिएको सीजी मोटर्सले जानकारी दिएको छ ।

सीजी मोटर्सले प्रारम्भिक पूर्वानुमानभन्दा धेरै बुकिङ गर्न सफल भएको बताएको छ । यसले एक्सपेङको स्वचालित ड्राइभिङ, अल्ट्रा–फास्ट चार्जिङ्, ५०ः५० लोड रेसियो र एसईपीए २.० जस्ता स्मार्ट ड्राइभिङ प्रविधिप्रति बढ्दो विश्वासलाई झल्काउँछ।

सीजी मोटर्सले ग्राहक सेवा प्रदान गर्ने र यसको वितरण समयमा नै सुचारु गराउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचारहरू

बीवाईडीद्वारा नयाँ भेरिएबल–फ्लक्स मोटर प्रविधिसम्बन्धी चारवटा नयाँ पेटेन्ट सार्वजनिक

बीवाईडीद्वारा नयाँ भेरिएबल–फ्लक्स मोटर प्रविधिसम्बन्धी चारवटा नयाँ पेटेन्ट सार्वजनिक

चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले भेरिएबल–फ्लक्स...

सोरुम र सर्भिस सेन्टरका साथै चार्जिङ स्टेशन भ्रमणमा सीजी केवाईसीका प्रतिनिधि

सोरुम र सर्भिस सेन्टरका साथै चार्जिङ स्टेशन भ्रमणमा सीजी केवाईसीका प्रतिनिधि

काठमाडौं – नेपालमा सर्वाधिक बिक्री हुने कमर्सियल भ्यान दावी गरिएको...

होण्डाले तीन वर्षमा १० भन्दा बढी इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने

होण्डाले तीन वर्षमा १० भन्दा बढी इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने

जापनिज अटो निर्माता होण्डाले अवको ३ वर्षमा १० भन्दा बढी इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...