सोरुम र सर्भिस सेन्टरका साथै चार्जिङ स्टेशन भ्रमणमा सीजी केवाईसीका प्रतिनिधि

काठमाडौं – नेपालमा सर्वाधिक बिक्री हुने कमर्सियल भ्यान दावी गरिएको केवाईसीका कम्पनी प्रतिनिधिहरुले नेपाल भ्रमण गरेका छन् । उनीहरुले नेपालमा केवाईसीको बजार, सोरुम साथै चर्जिङ स्टेशन अवलोकन गर्दै चितवन पुगेका छन् ।

लाइट कमर्सियल सेग्मेन्टमा निकै चर्चित केवाईसी भ्यानको समग्र नेपालको बजार, भ्यान चल्ने रुट, चर्जिङ स्टेशनको विकासका साथै भर्खरै खुलेको फ्ल्याग्सिप सोरुम हेर्न उनीहरु चितवन पुगेका हुन्। भ्रमणमा नेपालका लागि सेल्स प्रमुख, सर्भिस साथै अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।

काठमाडौं सिन्धुली, काठमाडौं चितवन, काठमाडौं हेटौंडा, हेटौंडा वीरगन्ज, चितवन वीरगन्ज लगायत काठमाडौं देखि लामो रुट पूर्व र पश्चिम सम्म सञ्चालन रहेको केवाईसी ११ सिटर भ्यानमा विश्वकै ठूलो ब्याट्री उत्पादक सिएटीएलले उत्पादन गरेको ४१.८६ किलोवाट आवरको ब्याट्री प्रयोग भएको छ । यसमा ५० किलोवाट पिकपावर भएको मोटर छ ।

गाडीले ५० किलोवाटसम्मको डिसी फास्ट चार्जर र ११ किलोवाट क्षमतासम्मको एसी (जिवीटी पोर्ट) चार्जर सपोर्ट गर्छ । चालक सहित ११ जनाले यात्रा गर्न सक्ने यो भ्यान १८० एमएमको ग्राउन्ड क्लियरेन्स भएको कारण केही खराव बाटोमा पनि उत्कृष्ट पर्फमेन्स गर्न सक्षम छ ।

यसको लम्बाई ४४९५ एमएम, चौडाई १६८० एमएम र उचाई १९९० एमएम रहेको छ । यसमा २९३० एमएम लामो ह्वीलवेस रहेको छ । भ्यानमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । एबीएस सहितको सुरक्षा फिचर रहेको भ्यानमा रियर भ्यू क्यामेरा, टायर प्रेसर मोनिटर, रिजेनेरेटिभ ब्रेकिङ, सेन्ट्रल लक, १५ इन्चको अलोय ह्विल जस्ता फिचर छन् । यसको मूल्य ४५ लाख ५० हजार रुपैयाँ रहेको छ ।

करिब १००० भन्दा धेरै गाडी बिक्री गरिसकेको सीजीले चार्जिङ स्टेशन पनि विस्तारसँगै इलाम, हिले, गाईघाट, वीरगन्ज, परवानीपुर, लहान, काठमाडौं, गोङगबु, भक्तपुर, सिन्धुली, सुकुटे, चरिकोट, चौतारा, मन्थली, त्रिशुली, चितवन, हेटौंडा, बुटवल, सुर्खेत, दाङ, कोहलपुर, चिसापानी कर्णाली र महेन्द्रनगरबाट चार्जिङ सेवा लिन सकिने छ ।

छिट्टै चार्जिङ स्टेशन जडान हुने स्थानहरु विर्तामोड, इटहरी, विराटनगर, हलेसी खोटाङ , ओखल्ढुङ्गा , गाईघाट, खाडीचौर , सिन्धुली , चियाबारी सिन्धुली, चरिकोट, रातमाटे सिन्धुली ,नेपालथोक, खोटाङ बजार, रामेछाप, सोलु, वीरगन्ज, राजविराज, जनकपुर, बर्दिबास, भारदह रहेको छ ।

त्यसैगरी काठमाडौंमा पहेलोपुल, कपन, कोटेश्वर, बालाजु, महाराजगन्ज, हात्तीबन आदि स्थानमा जडान हुँदैछ भने अन्य स्थानमा बेनिघाट धार्के, धदिङ बजार, पोखरा, डुम्रे, कावासोती, गुल्मी, अर्घाखाँची, राजापुर, भुरिगाउँ, कोहलपुर, चकचके, चन्द्रौटा, भैरहवा, दाङ, नेपालगन्ज, सुर्खेत, सल्यान, धनगढी, डडेलधुरा र बुडर रहेका छन् ।

सम्बन्धित समाचारहरू

फर्चुन ग्लोबल ५०० सूची अन्तर्गत २१२ नम्बरका साथ ग्लोबल लिडर बन्दै बीवाईडी

फर्चुन ग्लोबल ५०० सूची अन्तर्गत २१२ नम्बरका साथ ग्लोबल लिडर बन्दै बीवाईडी

विश्वमै सबैभन्दा बढी ईभी बिक्री गर्ने कम्पनी बीवाईडीले सन् २०२३ का लागि...

सार्वजनिक बसमा यात्रा गर्न अब पैसा बोक्नु नपर्ने, ३९ बसमा सुरु भयो सेवा (भिडियो सहित)

सार्वजनिक बसमा यात्रा गर्न अब पैसा बोक्नु नपर्ने, ३९ बसमा सुरु भयो सेवा (भिडियो सहित)

काठमाडौँ – सार्वजनिक यातायातमा हुने खुद्रा पैसाको झन्झट, तोकिएभन्दा बढी...

२०२६ मा चीनको नम्वर–१ अटोमेकर बन्ने जिलीको घोषणा

२०२६ मा चीनको नम्वर–१ अटोमेकर बन्ने जिलीको घोषणा

जिली अटोले २०२६ सम्ममा चीनको सर्वाधिक बिक्री हुने अटोमोटिभ ब्रान्ड बन्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...