होण्डाले तीन वर्षमा १० भन्दा बढी इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने

जापनिज अटो निर्माता होण्डाले अवको ३ वर्षमा १० भन्दा बढी इलेक्ट्रिक मोटरसाइल लन्च गर्ने योजना अघि सारेको छ । सन् २०४० सम्ममा मोटरसाइकलबाट हुने कार्वन उत्सर्जनलाई सून्यमा झारिसक्ने लक्ष्य अनुरुप होन्डाले आगामी दिनमा इलेक्ट्रिक टु ह्विलरको उत्पादनलाई तिव्रता दिन लागेको हो ।

विश्वको सवैभन्दा ठूलो र लोकप्रिय टु ह्विलर व्राण्ड उसले अवको ५ वर्षपछि हरेक वर्ष १० लाख इलेक्ट्रिक मोटरसाइकल बिक्री गर्ने योजना समेत बनाएको छ । यसैगरी २०३० सम्ममा वार्षिक ३५ लाख यस्ता मोटरसाइकल बिक्री गर्ने उसको लक्ष्य छ ।

इलेक्ट्रिक मोटरसाइकलका लागी होण्डाले अहिले सोलिड–स्टेट व्याट्रीको विकासमा काम गरिरहेको छ । जुन हाल प्रयोगमा आइरहेको लिथियम आयोन व्याट्रीको तुलनामा निकै प्रभावकारी हुने विश्वास लिइएको छ ।

इलेक्ट्रिक वाइकको उत्पादनलाई वढवा दिँदै लगेपनि उसले हालको आइसी इन्जिनलाई भने वन्द गरिहाल्ने कुनै योजना बनाएको छैन । इलेक्ट्रिक र आइसी इन्जिनलाई समानान्तर रुपमा अगाडी बढाउँदै जाने र कार्वन उत्सर्जन कम गर्ने पेट्रोल–इथानोल व्लेन्डमा आधारित नयाँ वाइकको विकास गर्दै जाने कम्पीनले जनाएको छ ।

सम्बन्धित समाचारहरू

सुपर सोको अफर : दैनिक १३९ रुपैयाँ किस्तामा इलेक्ट्रिक स्कुटर, नो डाउन पेमेन्ट

सुपर सोको अफर : दैनिक १३९ रुपैयाँ किस्तामा इलेक्ट्रिक स्कुटर, नो डाउन पेमेन्ट

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको अवस्थामा नेपाली...

जेठसम्म ४ हजार १७९ इलेक्ट्रिक बाइक स्कुटर दर्ता

जेठसम्म ४ हजार १७९ इलेक्ट्रिक बाइक स्कुटर दर्ता

काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा ४ हजार २४९ युनिट विद्युतीय स्कुटर...

चर्चामा एक पटक चार्ज गर्दा ७ महिना सम्म चल्ने इलेक्ट्रिक कार

चर्चामा एक पटक चार्ज गर्दा ७ महिना सम्म चल्ने इलेक्ट्रिक कार

युरोपेली कम्पनी लाइटइयरले एक पटक चार्जमा ७ महिनासम्म चल्ने इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...