बीवाईडीद्वारा नयाँ भेरिएबल–फ्लक्स मोटर प्रविधिसम्बन्धी चारवटा नयाँ पेटेन्ट सार्वजनिक

चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले भेरिएबल–फ्लक्स पर्मानेन्ट–म्याग्नेट सिङ्क्रोनस मोटर (भीएफ–पीएमएसएम) प्रविधिमा आधारित चारवटा नयाँ पेटेन्ट सार्वजनिक गरेको छ। यी पेटेन्टहरू सन् २०२४ को मे महिनामा दर्ता गरिएका थिए र हालै चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासन (सीएनआईपीए) ले सार्वजनिक गरेको हो।

CN121055622A, CN121055630A, CN121055623A र CN121055631A नम्बरका यी पेटेन्टहरूले मोटरको रोटरमा रहेको चुम्बकीय फ्लक्सलाई सवारीको गति र सञ्चालन अवस्थाअनुसार सक्रिय रूपमा समायोजन गर्ने विधिहरू वर्णन गर्छन्। यो अवधारणा इन्टरनल कम्बसन इन्जिन अर्थात आईसीई इन्जिनमा प्रयोग हुने भेरिएबल भल्भ टाइमिङसँग मिल्दोजुल्दो मानिन्छ।

परम्परागत पर्मानेन्ट–म्याग्नेट मोटरमा फ्लक्स स्थिर हुने भएकाले कम गतिमा राम्रो टर्क दिन्छ तर उच्च गतिमा काउन्टर–इलेक्ट्रोमोटिभ फोर्स बढ्दा कार्यक्षमता घट्ने समस्या देखिन्छ। भीएफ–पीएमएसएम प्रविधिमा भने कम गतिमा फ्लक्स बढाएर टर्क अधिकतम बनाइन्छ भने उच्च गतिमा फ्लक्स घटाएर ऊर्जा क्षति कम गरिन्छ। यसले मोटरको प्रभावकारी सञ्चालन दायरा फराकिलो बनाउने, उच्च गतिको प्रदर्शन सुधार्ने र ठूलो ब्याट्री नथपिकनै टर्क डेलिभरीलाई अनुकूल बनाउने लक्ष्य राखेको छ।

बीवाईडीका पेटेन्टहरूमध्ये CN121055622A ले मोटर र ड्राइभ सिस्टमसँग एकीकृत फ्लक्स–समायोजन कम्पोनेन्टमा केन्द्रित छ। CN121055630A मा रोटरसँग सापेक्ष रूपमा चल्ने म्याग्नेटिक रेगुलेसन पार्टको प्रयोग गरेर उच्च कार्यक्षमता क्षेत्र विस्तार गर्ने उपाय उल्लेख गरिएको छ। त्यसैगरी CN121055623A ले रोटरको अक्षीय दिशामा फ्लक्स परिवर्तन गर्ने मेकानिज्मको विवरण दिन्छ भने CN121055631A मा आन्तरिक फ्लक्स नियन्त्रणलाई अझ सुक्ष्म बनाउन म्याग्नेटिक कन्डक्टिभ कम्पोनेन्टको रेडियल क्षेत्र समायोजन गर्ने संरचना प्रस्ताव गरिएको छ।

यी भीएफ–पीएमएसएम पेटेन्टहरूसँगै बीवाईडीले २०२५ का लागि मोटर संरचना, रोटर–स्टेटर हार्डवेयर र म्याग्नेटिक फ्लक्स व्यवस्थापनसम्बन्धी अन्य पेटेन्टहरू पनि दर्ता गरिसकेको छ। यद्यपि, यी भेरिएबल–फ्लक्स मोटरहरू तत्काल व्यावसायिक रूपमा प्रयोगमा आउने वा परीक्षण नतिजा सार्वजनिक हुनेबारे कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन।

विशेषज्ञहरूका अनुसार यस्तो प्रविधिले विद्युतीय तथा नयाँ ऊर्जा सवारीहरूमा उच्च गतिमा ऊर्जा क्षति घटाउने, कम गतिमा टर्क कायम राख्ने, ड्राइभिङ रेन्ज बढाउने र थर्मल स्थिरता सुधार्ने जस्ता प्रत्यक्ष फाइदा दिन सक्छ। समग्रमा, यी पेटेन्टहरूले स्थिर–फ्लक्स मोटरका सीमाहरू पार गर्दै अझ अनुकूल र प्रभावकारी विद्युतीय पावरट्रेनतर्फ बीवाईडीको दीर्घकालीन रणनीति संकेत गरेका छन्।

सम्बन्धित समाचारहरू

टेस्लाको सस्ता कार आउने, वार्षिक ४० लाख युनिट उत्पादन गर्ने घोषणा

टेस्लाको सस्ता कार आउने, वार्षिक ४० लाख युनिट उत्पादन गर्ने घोषणा

अमेरिकी ईभी निर्माता टेस्लाले वार्षिक ४० लाख सस्ता कार उत्पादन गर्ने...

बुधबार लन्च हुँदै एमजीको कोमेट इलेक्ट्रिक कार

बुधबार लन्च हुँदै एमजीको कोमेट इलेक्ट्रिक कार

एमजी मोटरले आफ्नो सानो इलेक्ट्रिक कार कोमेट ईभी पेश गरेको छ । यो हाल...

सेगवे ई–स्कुटर किन्दा ७ उपहार पाइने

सेगवे ई–स्कुटर किन्दा ७ उपहार पाइने

काठमाडौँ – नेपालका लागि सेगवेको आधिकारिक वितरक आईहव प्रालिले आगामी दशैं,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...