बाइकमा न्युट्रल गियर पहिलो र दोस्रोको बीचमै किन हुन्छ? जान्नुहोस् रोचक वैज्ञानिक कारण

मोटरसाइकलको ड्यासबोर्डमा देखिने हरियो एनको संकेत न्युट्रल गियरको हो, जसको अर्थ बाइकको इन्जिन चलिरहेको त हुन्छ तर स्थिर वा भनौं अगाडि नबढ्ने अवस्था हो। ट्राफिक सिग्नल, पार्किङ वा ग्यारेजमा रोक्दा बाइकलाई न्यूट्रलमा राख्ने गर्छन्, ताकि क्लच नथिचे पनि बाइक स्थिर रहोस् र अचानक अगाडि नजाओस्। तर मोटरसाइकलमा न्युट्रल गियर किन पहिलो र दोस्रो गियरको बीचमा राखिन्छ? यसको पछाडि सेफ्टी र इन्जिनियरिङसँग जोडिएको महत्वपूर्ण कारण रहेको छ।

मोटरसाइकलमा प्रयोग हुने गियर ढाँचा १-एन-२-३-४-५ हुन्छ। यसको अर्थ पहिलो गियर तल हुन्छ भने बाँकी गियरहरू माथितर्फ सारिन्छन्। पहिलो गियरबाट हल्का माथि उठाउँदा न्युट्रल लाग्छ भने दोस्रो गियरबाट हल्का तल थिच्दा पनि न्युट्रलमा फर्कन सकिन्छ। यही कारण धेरै चालकलाई दोस्रो गियरबाट न्युट्रलमा ल्याउन सजिलो लाग्ने गर्छ। न्युट्रल सक्रिय भएपछि मिटर कन्सोलमा हरियो बत्ती बल्छ।

विज्ञहरूका अनुसार यस्तो गियरको संरचना चालकको सेफ्टीलाई ध्यानमा राखेर तयार गरिएको हो। यदि कुनै चालक उच्च गतिमा बाइक चलाइरहेको अवस्थामा अचानक अवरोध देखा पर्‍यो भने उसले तत्काल ब्रेक लगाउँदै गियर डाउनसिफ्ट गर्न खोज्छ। यस्तो अवस्थामा यदि न्यूट्रल सबैभन्दा तल राखिएको हुन्थ्यो भने चालकले हतारमा गियर घटाउँदा बाइक सीधै न्युट्रलमा जान सक्थ्यो।

बाइक न्युट्रलमा पुगेपछि इन्जिन ब्रेकिङ बन्द हुन्छ र सवारी स्वतन्त्र रूपमा गुड्न थाल्छ। यसले दुर्घटनाको जोखिम निकै बढाउन सक्छ। तर अहिलेको १-एन-२-३-४-५ ढाँचामा चालकले तलतर्फ थिच्दा बाइक पहिलो गियरमै जान्छ, जसले इन्जिन ब्रेकिङ कायम राखेर बाइक कन्ट्रोलमा मद्दत गर्छ। यही कारण मोटरसाइकलको गियर सिस्टमलाई सुरक्षित र व्यवहारिक मानिन्छ।

बाइकलाई न्युट्रलमा राख्ने तरिका पनि रोचक छ। पहिलो गियरमा हुँदा गियर लिभरलाई हल्का माथि उठाउँदा न्युट्रल लाग्छ भने दोस्रो गियरमा हुँदा हल्का तल थिच्दा न्युट्रलमा फर्किन्छ। यही प्रक्रियाले चालकलाई सहज अनुभव दिन्छ।

सन् १९७० भन्दा अघि विश्वभरका मोटरसाइकल कम्पनीहरूले आफ्नै गियर सिस्टम प्रयोग गर्ने गर्थे। केही मोटरसाइकलमा रोटरी गियर सिस्टम समेत थियो, जहाँ गियरहरू क्रमशः घुम्दै फेरि न्यूट्रलमा फर्किन्थे।

विभिन्न कम्पनीका फरक–फरक गियर सिस्टमले चालकहरूलाई अन्योलमा पार्न थालेपछि अमेरिकी सरकारले सन् १९७४ मा नयाँ नियम लागू गरेको थियो । त्यसपछि बायाँ खुट्टाबाट गियर परिवर्तन गर्ने र १-एन-२-३-४-५ ढाँचा अपनाउने सिस्टमलाई अनिवार्य बनाइयो। अमेरिकी बजार विश्वकै ठुलो भएकाले विश्वभरका मोटरसाइकल कम्पनीहरूले यही मापदण्ड अपनाए, जुन आजसम्म पनि प्रयोग भइरहेको छ।

सम्बन्धित समाचारहरू

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यापारिक सहकार्य

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यापारिक सहकार्य

काठमाडौं – लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबीच...

यसो भए ईभी तपाईका लागि उपयुक्त नहुन सक्छ

यसो भए ईभी तपाईका लागि उपयुक्त नहुन सक्छ

आजको समयमा इलेक्ट्रिक कारप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ। कम सञ्चालन...

नागरिक एपबाट ड्राइभिङ लाइसेन्स गायब

नागरिक एपबाट ड्राइभिङ लाइसेन्स गायब

काठमाडौं – नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्स र ट्राफिकसँग सम्बन्धित सबै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...