बीएमडब्ल्युको नयाँ इलेक्ट्रिक स्कुटर सीई०२ चाँडै आउने, सामाजिक सञ्जालमा सार्वजनिक

बीएमडब्ल्युले चाँडै नै भारतीय बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने तयारी गरिरहेको छ । लन्च हुनुअघि कम्पनीले सामाजिक सञ्जालमा यसको बारेमा जानकारी दिँदै नयाँ टिजर सार्वजनिक गरेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको टिजर अनुसार यसको डिजाइन सामान्य विद्युतीय स्कुटरभन्दा फरक हुनेछ । यसको डिजाइन कम्पनीले यस अघि लन्च गरेको सीई ०४ जस्तै हुनेछ । यद्यपी सो नयाँ स्कुटरमा केही परिवर्तन भने गरिने छ ।

हाल कम्पनीले यसको टिजर मात्रै सार्वजनिक गरेको छ । यसको अन्य जानकारी दिइएको छैन तर यसमा रहेको मोटरले करिब १५ हर्स पावर र यसमा रहेको ब्याट्रीले फुल चार्जमा करिब १०० किलोमिटरको रेन्ज दिने अनुमान गरिएको छ । सो स्कुटर बेल्ट ड्राइभ प्रविधिमा चल्नेछ ।

बीएमडब्ल्युले आफ्नो नयाँ स्कुटरमा धेरै उत्कृष्ट फिचर्स दिने अपेक्षा गरिएको छ । यसमा १४ इन्चको टायर प्रदान गर्न सकिन्छ। यसका साथै यसमा फ्रन्ट र रियर डिस्क ब्रेक, एबीएस, राइडिङका लागि मल्टिपल मोड, एलईडी हेडलाइट, रिभर्स गियर, की-लेस राइड, ३.५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, फ्ल्यास राइडिङ मोड, टाइप सी चार्जिङ पोर्ट, ब्लुटुथ कनेक्टिभिटी र युएसडी फोर्क जस्ता फिचर हुनेछ ।

रिपोर्टका अनुसार बीएमडब्ल्युले सो स्कुटर सेप्टेम्बर वा अक्टोबरको अन्त्यसम्ममा भारतीय बजारमा लन्च गर्न सक्नेछ । यसको मूल्य ५ देखि ६ लाख भारु हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

बीएमडब्ल्युको पहिलो इलेक्टिक एसयूभी आईएक्स लन्च, ६११ किमी सम्म रेन्ज दिने

बीएमडब्ल्युको पहिलो इलेक्टिक एसयूभी आईएक्स लन्च, ६११ किमी सम्म रेन्ज दिने

बीएमडब्ल्यु आईएक्स इलेक्ट्रिक एसयूभी भारतमा लन्च गरिएको छ । कम्पनीले...

बीएमडब्ल्युले यो बर्ष बिक्री गर्यो हालसम्मकै धेरै बाइक, ५ हजार युनिट बिक्री भएको दाबी

बीएमडब्ल्युले यो बर्ष बिक्री गर्यो हालसम्मकै धेरै बाइक, ५ हजार युनिट बिक्री भएको दाबी

बीएमडब्ल्युले यो बर्ष भारतमा हालसम्मकै धेरै युनिट बाइक बिक्रि गरेको छ ।...

कारको टचस्क्रिन अटोमेटिक सफा हुने प्रविधि ल्याउँदै जनरल मोटर्स

कारको टचस्क्रिन अटोमेटिक सफा हुने प्रविधि ल्याउँदै जनरल मोटर्स

अमेरिकन अटो निर्माता जनरल मोटर्सले टचस्क्रिनलाई अटोमेटिक तवरवाट सफा गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...