बीएमडब्ल्युको पहिलो इलेक्टिक एसयूभी आईएक्स लन्च, ६११ किमी सम्म रेन्ज दिने

बीएमडब्ल्यु आईएक्स इलेक्ट्रिक एसयूभी भारतमा लन्च गरिएको छ । कम्पनीले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रिक कार बीएमडब्ल्यु आईएक्सको मूल्य १ करोड १६ लाख भारु तोकेको छ । आकर्षक लुक र अत्यधिक प्रिमियम फिचरले सुसज्जित यो इलेक्ट्रिक कारले युरो एनसीएपी क्र्यास टेस्टमा सबै परीक्षण विधाहरूमा ५ स्टार रेटिङ प्राप्त गरेको छ ।

बीएमडब्ल्यु आईएक्स कम्पनीको फ्ल्यागसिप इलेक्ट्रिक कार हो । बीएमडब्ल्यु आईएक्स भारतमा मर्सिडिज बेन्ज ईक्युसी, औडी ई–ट्रोन र पोर्स टेक्यानसँग प्रतिस्पर्धा गर्नेछ ।

भेरिएन्ट
बीएमडब्ल्यु आईएक्स अल न्यु आल्मुनियम फ्रेममा आधारित छ र आकारमा लगभग बीएमडब्ल्यु एक्स५ बराबर छ । कारमा बीएमडब्ल्युको पाँचौं पुस्ताको अल–इलेक्ट्रिक प्लेटफर्म प्रयोग गरिएको छ, जसमा दुईवटा इलेक्ट्रिक मोटरहरू समावेश छ । बीएमडब्ल्यु दुई भेरिएन्ट एक्सड्राइभ ४० र एक्सड्राइभ ५० मा उपलब्ध छ ।

ड्राइभिङ रेन्ज
बीएमडब्ल्यु आईएक्स ४० ड्राइभ भेरिएन्टमा ७१ केडब्ल्युएच ब्याट्री उपलब्ध छ । यो ब्याट्री एक पटक चार्जमा अधिकतम ४१४ किमीको रेन्ज प्रदान गर्छ । डुअल मोटर्सले ३२२ बीएचपी र ६३० एनएम जेनेरेट गर्छ । जबकि एक्सड्राइभ ५० भेरिएन्टमा १०५.२ केडब्ल्यु ब्याट्री उपलब्ध छ, जसले अधिकतम ६११ किमीको रेन्ज प्रदान गर्छ । सो भेरिएन्टले ५१६ बीएचपी पावर र ७६५ एनएम टर्क जेनेरेट गर्छ र ४.६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।

ब्याट्री र चार्जिङ
बीएमडब्ल्युमा फास्ट चार्जिङ सिस्टमको विकल्प पनि छ, जसले डीसी फास्ट चार्जिङलाई १९५ केडब्ल्युसम्म सक्षम बनाउँछ । यसमा एक्सड्राइभ ५० भेरिएन्टको ब्याट्री १० देखि ८० प्रतिशतसम्म चार्ज हुन ३५ मिनेटको समय लाग्छ । जबकि आईएक्स एक्सड्राइभ ४० लाई डीसी चार्जरको माध्यमले १० देखि ८० प्रतिशतसम्म चार्ज हुन ३१ मिनेट समय लाग्छ ।

लुक र स्टाइल
बीएमडब्ल्यु एक्सआईको डिजाइन स्लिक स्टाइल र आकर्षक लुकले सजिलै ध्यान खिच्छ । यसमा कालो थिमसहितको ठुलो ग्रिल छ, जसमा स्लिक एलईडी हेडल्याम्प छ, जुन डुअल–बीम जस्तै देखिन्छ । फ्रन्टको बम्परमा निलो एक्सेन्ट समावेश गरिएको छ र बोनेट पनि आकर्षक र मस्क्युलिन लुकमा उपलब्ध छ । कारको रियर प्रोफाइलमा स्लिक एलईडी टेललाइट, स्पोर्टी रूफ स्पोइलर र निलो एक्सेन्टसहित कालो बम्पर पनि छ । एसयूभीको स्लोपिङ रुफलाइनले यसको स्टाइल थप आकर्षक बनाएको छ ।

इन्टेरियर र फिचर
बीएमडब्ल्यु आईएक्सको डेडिकेटेड इलेक्ट्रिक आर्किटेक्चरको कारणले एक्स७ को तुलनामा बढी स्पेस छ । आईएक्समा फ्ल्याट फर्श र प्राकृतिक सामग्री सहितको ठुलो इन्टेरियर उपलब्ध छ । कारमा नयाँ माइक्रोफाइबर कपडा सहित सिटमा पुनः प्रयोग गर्न मिल्ने प्लास्टिक पनि प्रयोग गरिएको छ ।

डिस्प्ले
कारमा हेक्सागोनल स्टेयरिङ ह्वील र ठुलो कव्र्ड डिस्प्ले समावेश गरिएको छ । जसले इन्स्ट्रयुमेन्ट क्लस्टर र इन्फोटेनमेन्ट युनिटको रूपमा काम गर्छ । सिंगल पिस कर्भ ग्लासमा १२.३ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर र १४.९ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ, जुन दुवै ड्राइभर साइडमा छ । यसमा पुनः डिजाइन गरिएको हेड–अप डिस्प्ले पनि समावेश गरिएको छ ।

सेन्ट्रल कन्सोल
सो एसयूभीमा कुनै सेन्ट्रल कन्सोल छैन । ड्राइभ सिलेक्ट र बीएमडब्ल्युको आईड्राइभ रोटरी नियन्त्रणको लागि आर्मरेस्टको अगाडिको भागमा सेट गरिएको छ । अन्य कन्ट्रोल डोर ट्रिमको माथि सेट गरिएको छ । आईएक्समा ६५० लिटरको बुट स्पेस रहेको छ ।

सेफ्टी रेटिङ
बीएमडब्ल्यु आईएक्सले सेफ्टी रेटिङको लागि ५ स्टार पाएको छ । एसयूभीलाई साइडबाट हुने ठक्करको घटनामा अतिरिक्त सुरक्षा प्रदान गर्छ । बीएमडब्ल्यु आईएक्सको पछिल्लो भागमा रहेको चाइल्ड ओक्युपेन्ट प्रोटेक्सनलाई पनि फ्रन्ट र साइडबाट हुने ठक्करको लागि उच्चतम सम्भावित स्कोर दिइएको छ ।

फ्रन्ट ठक्कर वार्निङ सिस्टम
बीएमडब्ल्युमा ब्रेक इन्टरभेसनको साथ फ्रन्ट ठक्कर वार्निङ सिस्टम रहेको छ । जसले पैदल यात्री र साइकल चालकको साथै सवारी साधनहरु पत्ता लगाउन सक्छ । यसको साथै अटोमेटिक इमरजेन्सी ब्रेकिङ सिस्टम मोडिएको अवस्थामा पनि प्रतिक्रिया दिन्छ ।

सम्बन्धित समाचारहरू

बीएमडब्लुको अर्को लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा, मूल्य १ करोड ७९ लाख ९६ हजार

बीएमडब्लुको अर्को लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा, मूल्य १ करोड ७९ लाख ९६ हजार

काठमाडौं – बीएमडब्लुको तेस्रो मोडलको रुपमा नेपाली बजारमा आईएक्स२...

बीएमडब्ल्युको सबैभन्दा शक्तिशाली एसयूभी चाँडै लन्च हुने, टिजर सार्वजनिक

बीएमडब्ल्युको सबैभन्दा शक्तिशाली एसयूभी चाँडै लन्च हुने, टिजर सार्वजनिक

बीएमडल्युले एक्सएम लेबल रेडको पहिलो टिजर सार्वजनिक गरेको छ । सो एसयूभी...

एस १००० आरआरको अपडेट भर्सन : बीएमडब्ल्युको सबैभन्दा महँगो र पावरफुल बाइक

एस १००० आरआरको अपडेट भर्सन : बीएमडब्ल्युको सबैभन्दा महँगो र पावरफुल बाइक

बीएमडब्ल्यु इन्डियाले नयाँ एम १००० आरआर स्पोर्टस बाइक भारतीय बजारमा लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...