हुन्डाईले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

काठमाडौं - नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फिफा विश्वकप २०२६ को अवसर पारेर ‘वर्ल्ड कप टु वर्ल्ड कप’ अफर सार्वजनिक गरेको छ ।

हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सवस्वरूप ल्याइएको उक्त अभियानले ग्राहकहरूलाई एक विश्वकपदेखि अर्को विश्वकपसम्म साथ दिने विशेष सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता, जोश र प्रगतिका माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो परम्परालाई निरन्तरता दिँदै आएको छ । यही अवधारणालाई नेपालमा विस्तार गर्दै ल्याइएको यस अफरले ग्राहकहरूलाई दीर्घकालीन स्वामित्व लाभ प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।

अफरअन्तर्गत ग्राहकहरूले ४ वर्षको वारेन्टी, निश्चित मोडलहरूमा ४ लाख रुपैयाँसम्मको नगद छुट तथा ४४ हजार ४४४ रुपैयाँसम्मको विशेष ‘वर्ल्ड कप बोनस’ प्राप्त गर्न सक्नेछन् । यसका साथै १ वर्षको विस्तृत बीमा सुविधा र सहज स्पट एक्सचेन्ज तथा मूल्याङ्कनको व्यवस्था समेत गरिएको छ ।

कम्पनीका अनुसार यस अभियानले ग्राहक सन्तुष्टि र लाभदायक स्वामित्व अनुभवप्रति हुन्डाईको प्रतिबद्धता झल्काउँछ । साथै सबै हुन्डाई गाडीहरूमा ४ वर्षको वारेन्टी, ८ वर्षको हाई–भोल्टेज ब्याट्री वारेन्टी तथा ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध गराइने भएकाले ग्राहकले दीर्घकालीन ढुक्कता पाउने विश्वास लिइएको छ ।

नेपालभर फैलिएको बिक्री तथा सेवा सञ्जालमार्फत हुन्डाईले विश्वसनीयता, नवीनता र प्रगतिशील गतिशीलतामा आधारित सेवा प्रदान गर्दै आएको जनाएको छ ।

हुन्डाई नेपालले आफ्ना ग्राहकहरूलाई नजिकैको शोरुममा गई सीमित अवधिको यस ‘वर्ल्ड कप टु वर्ल्ड कप’ अफरको लाभ लिन आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरू

१८ हजार डलरमै पाइने इन्स्टर ईभीका साथ जापानी बजार प्रवेश गर्दै हुन्डाई

१८ हजार डलरमै पाइने इन्स्टर ईभीका साथ जापानी बजार प्रवेश गर्दै हुन्डाई

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले जापानी बजारमा सबैभन्दा...

यस्तो हुनेछ २०२२ हुन्डाई भेन्यु, थप फिचर सार्वजनिक

यस्तो हुनेछ २०२२ हुन्डाई भेन्यु, थप फिचर सार्वजनिक

हुन्डाईको लोकप्रिय एसयूभी भेन्यु यही वर्ष नयाँ अपडेट सहित लन्च हुने...

हुन्डाईले सार्वजनिक ग-याे ७०० किमी रेन्ज दिने हाइड्रोजन इलेक्ट्रिक कार नेक्सो

हुन्डाईले सार्वजनिक ग-याे ७०० किमी रेन्ज दिने हाइड्रोजन इलेक्ट्रिक कार नेक्सो

हुन्डाईले सियोल मोबिलिटी शोमा आफ्नो नयाँ हाइड्रोजन फ्युल सेल इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...