ओलाको वाटर प्रुफ इलेक्ट्रिक स्कुटर, सामाजिक सञ्जालमा चर्चाको विषय

देशका धेरै सहरमा वर्षाको कहर देखिएको छ । वर्षा याममा सडक पानीले डुबानमा पर्दा दुई पाङ्ग्रे होस् वा चार पाङ्ग्रे सवारीसाधन क्षति हुने सम्भावना रहन्छ । बढी पानीमा गाडीको साइलेन्सर पानीमा डुब्न सक्छ, जसको कारण इन्जिनमा पानी पसेर क्षति पुग्न सक्छ । वास्तवमा, वर्षाको मौसममा दुई पाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन बढी जोखिममा हुन्छ ।

वर्षाको मौसममा ओलाको एस१ प्रो इलेक्ट्रिक स्कुटर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ओलाको सो स्कुटर मार्च ३१, २०२३ मा एक युट्युबर अकि डि हट पिस्टन्जले समुद्रमुनि चलाएको भिडियो सार्वजनिक भएको हो । उक्त भिडियोमा सो स्कुटर वाटर प्रुफ इलेक्ट्रिक स्कुटर भएको पुष्टि गरेको छ ।

सो भिडियोमा युट्युवरले आफ्नो स्कुटर पूर्ण रूपमा समुन्द्रमा डुबाएका छन् । पानी मुनि पनि सो इलेक्ट्रिक स्कुटर निरन्तर चलाइरहेको थियो र यसको मोटरले पनि काम गरिरहेको थियो । पानीबाट स्कुटर निकाल्दा पनि स्कुटरको डिस्प्ले, हर्न, इन्डिकेटर र स्पिकर राम्ररी काम गरिरहेको थियो । तर पनि स्कुटरको चार्जिङ प्लग भित्र एक थोपा पानी पनि पसेको थिएन ।

सो स्कुटर ओला एस१ प्रो दोस्रो पुस्ताको मोडल हो । यसले २.९ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टाको गति लिन सक्छ । यसको टप स्पिड प्रति घण्टा ११६ किलोमिटर छ र सिंगल चार्जमा १८१ किलोमिटरको रेन्ज प्रदान गर्न सक्छ । यसमा ७ इन्चको टीएफटी डिस्प्ले समावेश छ । सो मोडेलको हार्डवेयरमा ट्युबुलर फ्रेम, सिंगल फ्रन्ट फोर्क र रियर मोनो-शक समावेश छ।

सम्बन्धित समाचारहरू

ओलाले इलेक्ट्रिक बाइक लन्च गर्ने तयारी गर्दै

ओलाले इलेक्ट्रिक बाइक लन्च गर्ने तयारी गर्दै

ओला इलेक्ट्रिकले चाँडै नै नयाँ इलेक्ट्रिक बाइक लन्च गर्ने सम्भावना छ ।...

ओला इलेक्ट्रिकले जनवरी २०२५ मा जेन ३ प्लेटफर्ममा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्दै

ओला इलेक्ट्रिकले जनवरी २०२५ मा जेन ३ प्लेटफर्ममा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्दै

ओला इलेक्ट्रिकले आफ्नो जेनेरेसन ३ प्लेटफर्ममा आधारित नयाँ इलेक्ट्रिक...

भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

टु ह्विलरको सवैभन्दा ठूलो बजार भारतमा इलेक्ट्रिक स्कुटरको बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...