उत्कृष्ट विशेषताका साथ नेपाली बजारमा भित्रियो फोर्ड फिगो अटोमेटिक
काठमाडौं – नेपाली बजारमा फोर्ड फिगो अटोमेटिक ह्याचब्याक भित्रिएको छ ।...
अष्ट्रेलियाको सिड्नीमा सम्पन्न चर्चित युट्युबर मिस्टर बिस्टको गिभअवे कार्यक्रममा नेपाली महिला रस्मिता बस्नेतले फोर्ड मस्ट्याङ कार जितेकी छिन् । मिस्टर बिस्टले यसका लागि १० विजेता छनोट गरेका थिए । ती सबैलाई १० फरक फरक कार उपहार प्रदान गरिएको छ ।
चर्चित युट्युबर मिस्टर विस्टले लन्च गरेको चकलेट बार खरिद गरेपछि ‘गिभअवे’ प्रतियोगितामामा सहभागी हुन पाइने नियम थियो ।
चकलेटको क्यूआर कोड स्क्यान गरिसकेपछि ‘यू आर विनर’ भनेर तत्काल नोटिफिकेसन आएको भए तापनि स्पाम होला जस्तो लागेको रस्मिता बस्नेतले बताइन्। तर पछि उनीहरुबाट ईमेल भेरिफिकेसन आएपछि साँच्चिकैको विश्वास भएर इभेन्टको लागि इन्भिटेसन प्राप्त गरेको उनले थप बताएकी छिन्।
त्यसपनछ उक्त इभेन्टमा कुन कार जित्ने भनेर एक प्रतियोगिता आयोजना गरिएको थियो। सो कम्पिटिसनमा फोर्डको मस्ट्याङ्ग जितेको उनले बताएकी छन्। अष्ट्रेलियामा उक्त कारको मूल्य हाल करिव १ लाख ६० हजार अष्ट्रेलियन डलर पर्ने जनाइएको छ।
मिस्टरबिस्टको उक्त चकलेट खरिद गरेपछि मानिसहरु कार गिभअवेको लागि छनोट गरिएका थिए भने छनोट भएकाहरुले मात्र प्रतियोगितामा भाग लिन पाएका थिए।
सिड्नी ओपेरा हाउसमा आयोजना गरिएको विश्वका सबैभन्दा ठूलो युट्युब स्टार मिस्टर विस्टको उक्त ‘गिभअवे’ मा एक भाग्यशाली फ्यानको लागि प्रमुख उपहारको रुपमा ४ लाख ५० हजार अमेरिकी डलरको ल्याम्बोर्गिनी हरिकेन कार राखिएको थियो। उक्त कार अष्ट्रेलियाका एक युवाले प्रतियोगिताको समयमा फुटबललाई हातले प्वालमा पसाएर स्कोर गर्दै जित्न सफल भएका थिए।
त्यसैगरी ‘गिभअवे’ मा नौ अन्य विजेताहरू पोर्स, टेस्ला, मर्सिडिज, स्कुबी डू मिस्ट्री मेसिन भ्यान र जुरासिक–पार्क–थिम्ड फक्सवागन, मस्ट्याङ लगायतका कारहरु उपहारको रुपमा राखिएका थिए ।
प्रतियोगितामा स्कोर गर्नका लागि रखिएको प्रत्येक होल्सले विभिन्न फरक फरक कारहरुको प्रतिनिधित्व गर्ने र प्रतियोगीहरुले पालैपालो हातले प्रहार गरेर फुटबललाई होलमा स्कोर गरेको खण्डमा होल अनुसार कार प्राप्त गरेका थिए।
लगभग ३ सय मिलियन सब्सक्राइबर रहेको अमेरिकाका युट्युबर मिस्टरबिस्टले आफ्नो सोसल मिडियाको च्यानलमार्फत अष्ट्रेलियाको सिड्नीमा फेस्टिबल चकलेट बार लन्च गर्ने घोषणा गरेका थिए। सिड्नी ओपेरा हाउसमा आयोजना गरिएको लन्च प्रोग्रमका दौरान मिस्टरबिस्टले एउटा कम्पिटिसनका साथै ‘गिभअवे’ पनि अयोजना गरेका थिए।
मिस्टरबिस्ट चकलेट स्न्याक ब्रान्ड कम्पनी, फेस्टेबल्सको संस्थापक पनि हुन्।
काठमाडौं – नेपाली बजारमा फोर्ड फिगो अटोमेटिक ह्याचब्याक भित्रिएको छ ।...
काठमाडौ – नेपालका लागि फोर्डको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि...
पोखरा – नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...