किस्ता नतिर्ने कारको इन्जिन रिमोटबाटै वन्द गर्न मिल्ने प्रविधीमा काम गर्दै फोर्ड मोटर
वैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर कार किन्ने तर समयमै किस्ता भुक्तानी...
विश्वको सबैभन्दा ठुलो कार कम्पनी मध्येको एक फोर्ड र बत्तीको बल्बको आविष्कार गर्ने थोमस एडिसनबीचको मित्रता अमेरिकामा चर्चित छ । तर के तपाईलाई थाहा छ आफ्नै कम्पनी सुरु गर्नु अघि हेनरी फोर्डले थोमस एडिसनको कम्पनीमा पनि काम गरेका थिए ।
फोर्ड सुरु गर्नु अघि, हेनरी फोर्डले थोमस एडिसनको कम्पनी एडिसन इलुमिनेटिङमा काम गरेका थिए । हेनरी फोर्डले न्यूयोर्कमा थोमस एडिसनको कम्पनीको सम्मेलनमा भाग लिएका थिए । यही सम्मेलनमा दुवैको पहिलो भेट भएको थियो । भेटका क्रममा दुवैले कुराकानी पनि गरे र त्यति बेला हेनरीले आफ्नो कार देखाएका थिए, जसको एडिसनले प्रशंसा गर्दै यसलाई निर्माण गरिरहन सुझाव दिए । त्यसपछि मात्रै उनीहरुको मित्रता सुरु भएको थियो ।
हेनरी फोर्डले एडिसनको कम्पनीमा करिब ८ वर्ष मुख्य इन्जिनियरको रूपमा काम गरेका थिए । त्यसपछि फोर्डले थोमस एडिसनको कम्पनी छोडे। त्यति बेलासम्म उनीहरुको मित्रता निकै राम्रो बनिसकेको थियो । यसपछि, हेनरीले आफ्नो व्यवसाय सुरु गर्न धेरै कम्पनीहरू गठन गरे, तर उनको पहिलो सफलता फोर्ड कम्पनीबाट भएको थियो । उनले १६ जुन १९०३ मा फोर्ड मोटर कम्पनी सुरु गरेका थिए ।
हेनरी फोर्डले आफ्नो पहिलो कार ४ जुन, १८९६ मा निर्माण गरेका थिए । उनले क्वाड्रिसाइकल नामक कार निर्माण गरेका थिए, जसमा दुई सिलिन्डर इन्जिन प्रयोग गरिएको थियो । चालकका लागि साइकलको सिट र साइकलको टायर प्रयोग गरिएको थियो। यसको वजन ५०० पाउन्ड थियो र यसको गति लगभग २० माइल प्रति घण्टा थियो।
फोर्ड विश्वभर आफ्नो शक्तिशाली कारका लागि परिचित छ। हाल कम्पनीले मुस्ताङ, एभरेष्ट, माभेरिक, ब्रोन्को जस्ता धेरै शक्तिशाली कारहरू बिक्री गगरिरहेको छ ।
वैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर कार किन्ने तर समयमै किस्ता भुक्तानी...
पोखरा – नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन...
फोर्ड मोटरले इलेक्ट्रिक एसयूभी र पिकअप ट्रकहरूको उत्पादनमा ढिलाइ गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...