फोर्ड इन्डेभर अर्कै नामबाट भारतमा पुनरागमन हुन सक्ने, यस्ता हुनेछन् फिचर्स

फोर्ड भारतीय बजारमा पुनरागमन हुने भएको छ । रिपोर्टका अनुसार कम्पनीले भारतीय बजारमा फुल साइजको एसयूभीका साथ कमब्याक गर्ने तयारी गरिरहेको छ ।

फोर्डले चाँडै नै आफ्नो नयाँ एसयूभी भारतमा लन्च गर्न सक्ने अपेक्षा गरिएको छ । कम्पनीले भारतमा ल्याउन सक्ने गाडी एसयूभी सेगमेन्टको गाडी हुनेछ । जानकारीका अनुसार कम्पनीले आफ्नो इन्डेभरको नयाँ जेनरेशनलाई भारतमा सबैभन्दा पहिले प्रस्तुत गर्नेछ ।

हाल सो एसयूभी अष्ट्रेलिया र थाइल्याण्ड जस्ता देशमा इन्डेभर नाममा उपलब्ध छ । तर कम्पनीले आफ्नो फुल साइजको एसयूभी एन्डेभरलाई एभरेष्टको नाममा भारतमा ल्याउन सक्ने अनुमान छ । यसको लागि कम्पनीले एभरेष्ट नाम ट्रेडमार्क गरिसकेको छ ।

यद्यपि कम्पनीले यसको बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन । तर यो वर्षको अन्त्यसम्ममा फोर्डले आफ्नो नयाँ एसयूभी भारतीय बजारमा ल्याउन सक्ने अपेक्षा गरिएको छ । रिपोर्टका अनुसार कम्पनीले एभरेष्टलाई छुट्टै बनाउन नसक्ने भएकाले अन्य नामको सट्टा एभरेष्टको नाममा ल्याउन सकिने बताएको छ । सुरुमा कम्पनीले यो एसयूभी भारतमा उत्पादन गर्नुको सट्टा बाहिरबाट सीमित संख्यामा आयात गर्नेछ ।

रिपोर्टका अनुसार कम्पनीले यसमा म्याट्रिक्स हेडलाइटका साथमा एल आकारको रियर लाइट, १२ इन्चको टचस्क्रिन, प्यानोरामिक सनरुफ, १२.४ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, अटो एसी, ९ वटा एयरब्याग, एडीएएसलगायत अन्य उत्कृष्ट फिचर्स र सेफ्टी फिचरहरू उपलब्ध गराउने छ । कम्पनीले यसमा २ लिटर टर्बो डिजेल इन्जिन उपलब्ध गराउन सक्छ र यसको सम्भावित मूल्य करिब ५० लाख भारु हुन सक्ने अनुमान गरिएको छ ।

फोर्डले भारतमा प्लान्ट बन्द गरेका कारण नेपाली बजार समेत प्रभावित बनेको छ । हाल फोर्डका कम मूल्यका सवारी साधन नेपालमा समेत बिक्रीका लागि उपलब्ध छैनन् । यदि भारतमा फोर्डको कमब्याक भयो भने नेपाली बजारमा समेत यसको प्रभाव पर्नेछ र नेपाली बजारमा समेत फोर्डका ती गाडी उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

पोखरामा अक्सिजन प्लान्ट निर्माण समितिको संरक्षकमा मेयर जिसी र संयोजकमा बतास

पोखरामा अक्सिजन प्लान्ट निर्माण समितिको संरक्षकमा मेयर जिसी र संयोजकमा बतास

पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय...

नेपाल भित्रियो २०२२ नेक्स्ट जेन फोर्ड रेन्जर, मूल्य १ करोड ४५ लाख सम्म

नेपाल भित्रियो २०२२ नेक्स्ट जेन फोर्ड रेन्जर, मूल्य १ करोड ४५ लाख सम्म

काठमाडौं – नेपालका लागि फोर्डको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले २०२२...

प्रतिबन्ध हटेपछि नेपाल आए करोड बढी मूल्यका ३ नयाँ एसयूभी

प्रतिबन्ध हटेपछि नेपाल आए करोड बढी मूल्यका ३ नयाँ एसयूभी

सवारी साधन आयातमा लागेको प्रतिबन्ध हटेसँगै पछिल्लो समय नेपाली बजारमा नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...