फोर्डको प्राथमिकतामा हाईब्रिड गाडी, ईभी उत्पादनमा ढिलाई गरिने

फोर्ड मोटरले इलेक्ट्रिक एसयूभी र पिकअप ट्रकहरूको उत्पादनमा ढिलाइ गर्ने जनाएको छ । ईभी उत्पादनमा ढिलाई गरेर २०३० सम्ममा सम्पूर्ण मोडललाई हाइब्रिड भर्सनमा ल्याउने कम्पनीले बताएको हो ।

ईभीको बिक्री पुरै अटोमोटिभ उद्योगमा अपेक्षा गरिएभन्दा कम हुन थालेकाले यस्तो निर्णय गरिएको कम्पनी भनाई छ । ईभीमा लगानी जारी राख्दै आफ्नो थ्री रो एसयूभी र टी३ कोडनेममा उत्पादन गर्न लागिएको नेक्स्ट जेन इलेक्ट्रिक पिकअपलाई पर सारिएको कम्पनीले जनाएको छ । यी ईभीको अब २०२७ देखीमात्र उत्पादन सुरु हुनेछ ।

टेस्ला पछि अमेरिकी बजारमा दोस्रो ठूलो ईभी बिक्रेता बन्न सफल फोर्डको यस्तो निर्णयले अमेरिकाका ठूला अटो निर्माताहरु अझैपनि ईभीमा गैहाल्ने मनस्थितीमा नरहेको प्रष्ट हुन्छ ।

फोर्डका सीईओ जिम फर्लेले भने, ‘विगत दुई वर्षदेखि अमेरिकामा नम्बर २ ईभी ब्रान्डको रूपमा हामी पूँजीको बुद्धिमानी प्रयोग गर्दै आएको छौ र सहि समयमा विद्युतिय गाडीको उत्पादनमा केन्द्रित हुनेछौ । तत्कालका लागी हामी ग्यास र हाइब्रिड मोडलमै केन्द्रित भई लाभदायक ईभी व्यवसाय बढाउन प्रतिबद्ध छौं ।’

सम्बन्धित समाचारहरू

पोखरामा अक्सिजन प्लान्ट निर्माण समितिको संरक्षकमा मेयर जिसी र संयोजकमा बतास

पोखरामा अक्सिजन प्लान्ट निर्माण समितिको संरक्षकमा मेयर जिसी र संयोजकमा बतास

पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय...

डिएफएसके ग्लोरी ५६० को खरिदमा ३ लाख ५० हजार नगद छुट

डिएफएसके ग्लोरी ५६० को खरिदमा ३ लाख ५० हजार नगद छुट

डिएफएसके मोटर्सको नेपालका लागि आधिकारिक बितरक कुजु नेपालले नयाँ बर्ष अफर...

कुनै समयमा लोकप्रिय मानिएको फोर्ड क्याप्री अब इलेक्ट्रिक भर्सनमा, ६२७ किमी रेन्ज दिने

कुनै समयमा लोकप्रिय मानिएको फोर्ड क्याप्री अब इलेक्ट्रिक भर्सनमा, ६२७ किमी रेन्ज दिने

फोर्डले आफ्नो पुरानो कार फोर्ड क्याप्रीको इलेक्ट्रिक भेरिएन्ट ल्याएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...