एसयूभीको डिजाइन प्याटेन्ट दर्ता र कर्मचारी माग गरेर फोर्डले देखायो छिट्टै भारत फर्कने संकेत

फोर्डले भारतमा कार निर्माणलाई छिट्टै निरन्तरता दिने संकेत देखाएको छ । २ वर्षअघि भारत छाडेको अमेरिकन अटो निर्माताले हालै भारतमा एन्डेभर एसयूभीको डिजाइन प्याटेन्ट दर्ता गरेर यस्तो संकेत देखाएको हो । साथै कम्पनीले उत्पादन प्रक्रियासंग जोडिने केही पदमा कर्मचारी समेत माग गरेको छ ।

फोर्डले यसअघि नै लगभग टुंगिसकेको चेन्नाई प्लान्टको बिक्री डिललाई अन्तिम समयमा आएर रद्ध गरेको थियो । सो डिल रद्ध भएपछि कम्पनीले भारतमा पुनः आफ्नो उत्पादन शुरु गर्न लागेको अनुमान भइरहेको समयमा नयाँ एसयूभीको डिजाइन प्याटेन्ट नै दर्ता हुँदा फोर्ड छिट्टै भारतमा फर्कन चाहेको संकेतलाई थप प्रमाण मिलेको छ ।

नयाँ डिजाइन प्याटेन्ट दर्ता भएपनि एन्डेभर यसअघि भरतमा उपलब्ध रहँदै आएको थियो । नेपालमा अहिले सो एसयूभी एभरेष्ट नामले आयत हुँदै आएको छ । नेपालका लागि आधिकारिक वितरक जिओ अटोमोबाइल्सले थाइल्यान्डमा उत्पादन भएको एभरेष्टलाई आयत गरी बिक्री गर्दै आएको हो । यसअघि भारतमा एसेम्वल हुँदा सो एसयुभी एन्डेभरकै नामले नेपाल आएको थियो ।

सम्बन्धित समाचारहरू

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...

भोली फोर्स गुर्खाको औपचारिक लन्च हुने

भोली फोर्स गुर्खाको औपचारिक लन्च हुने

नेपाली बजारमा भोली फोर्स गुर्खाको औपचारिक लन्च हुने भएको छ । नेपालका लागी...

यस्तो छ नेपाल आउने तयारीमा रहेको प्रोटोन एक्स५०

यस्तो छ नेपाल आउने तयारीमा रहेको प्रोटोन एक्स५०

मलेसियन अटो मेकर प्रोटोनको सब कम्प्याक्ट एसयुभी एक्स५० नेपाल आउने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...