यामाहा नेपालले ल्यायो सम्बन्ध निर्माणका लागि यामाहा परिवार निर्माणको पहल ‘ब्लु स्ट्रिक्स’

काठमाडौं – नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले ब्लु स्ट्रिक्स पहल सुरु गर्ने घोषणा गरेको छ । गत बैशाख २२ गते यामाहा नेपालले यामाहा ब्लु स्क्वायर, नक्सालमा आफ्नो बहुप्रतीक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको हो ।

यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ब्लु स्ट्रिक्स एक रोमाञ्चक र नवीन कार्यक्रम हो जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ ।

यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि भएको कम्पनीको भनाइ छ । ब्लु स्ट्रिक्स यामाहाको आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा म्यान-मेसिन अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो ।

ब्लु स्ट्रिक्स कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्नेछन् । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरूसम्म प्रदान गरि ब्लु स्ट्रिक्सले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।

ब्लु स्ट्रिक्सको सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुङ्गा हो’, एमएडब्ल्यु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने ।,‘हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौं । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।’

सम्बन्धित समाचारहरू

यामाहाको ‘बिगेस्ट १०शैं’ अन्तर्गत नगद उपहार जित्ने सिलसिला देशभर जारी

यामाहाको ‘बिगेस्ट १०शैं’ अन्तर्गत नगद उपहार जित्ने सिलसिला देशभर जारी

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...

‘हिमालय रोडिज ४’का लागि डिजिटल अडिसन सुरु, यामाहा मुख्य प्रायोजक

‘हिमालय रोडिज ४’का लागि डिजिटल अडिसन सुरु, यामाहा मुख्य प्रायोजक

हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिमालय रोडिज’को चौथो सिजनका लागि...

एफआई प्रविधीका २ लाख बढी यामाहा वाइक नेपाली सडकमा

एफआई प्रविधीका २ लाख बढी यामाहा वाइक नेपाली सडकमा

नेपालमा यामाहाको फ्युल इन्जेक्सन(एफआई) प्रविधी जडित मोटरसाइकल तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...