के के छन् नेपाल भित्रिएको फ्रेन्च कार सिट्रोन सी३ का विशेषता ?

काठमाडौं – नेपाली बजारमा भारतमा उत्पादन भएको फ्रेन्च कार ‘सिट्रोन सी३’ भित्रिएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोनको नयाँ मोडल सी३ नेपाली बजारमा बुधबार सार्वजनिक गरेको हो।

अहिले नेपालमा यसको दुइटा भेरिएयन्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ। सिट्रोन सी३ कम्प्याक्ट एसयूभी सेग्मेन्टको कार हो।

कम्पनीले यो कार सीएमपी मोडुलर प्लेटफर्ममा तयार पारेको हो। कारको अगाडि भागमा स्प्लिट हेडल्याम्प, एलईडी डीआरएल तथा रियरमा र्‍याप अराउण्ड एलईडी ब्याकलाइट रहेको छ। यो गाडी दुई पेट्रोल इन्जिन भेरिएन्टमा उपलब्ध छ।

कारको ओराभीएम र फ्रन्ट ग्रिलमा क्रोम फिनिस छ भने तल्लो भागमा हेग्जागन साइजको ग्रिल र अझ तलपट्टी ड्युअल टोन बम्पर र आल्मुनियम जस्तो देखिने स्किडप्लेट छ। यसमा ड्युलटोन डाइमण्ड कट अलोय ह्विल छ। यो गाडीको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ। यो कारमा लगेजका लागि ३१५ लिटरको बुट स्पेस दिइएको छ।

इन्जिन
सिट्रोन सी३ मा १.२ लिटरको थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड तथा टर्बोचार्ज्ड पेट्रोल इन्जिन छ, जसले ८२ एचपी पावर र ११५ एनएम टर्क जेनेरेट गर्दछ। कारमा ५ स्पिड म्यानुअल तथा अटोमेटिक ट्रान्समिसन सिस्टम दिइएको छ।

अर्को १.२ लिटरको थ्री सिलिन्डर टर्बो पेट्रोल इन्जिन छ जसले ११० एचपी पावर र १९० एनएम टर्क जेनेरेट गर्न सक्छ। यो ६ स्पिड म्यानुअल गियरबक्समा जोडिएको छ।

२५४० एमएम ह्विलबेस रहेको यस कारमा पछाडि बस्ने यात्रुका लागि पनि पर्याप्त फराकिलो ठाउँ छ। सो कार चार मोनोटोन कलर र ६ वटा ड्युअल टोन कलरहरुमा उपलब्ध छ। यसमा ग्राहकहरूले अगाडिको बम्परको फगमा ओरेन्ज, ब्राउन वा क्रोम इन्सर्टमध्येबाट एउटा छनोट गर्न सक्छन्।

सेफ्टी फिचर
यो गाडीमा यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको साथ ठूलो १० इन्चको टचस्क्रिन, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, म्यानुअल एयर कन्डिसन, ४ स्पिकर साउन्ड सिस्टम, अगाडि र पछाडि युएसबी चार्जिङ पोर्टहरू छन्।

कारमा थ्री स्पोक स्टेयरिङ ह्विल, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर तथा म्यानुअल एयरकन्डिसन छ। यो कारमा वायरलेस स्मार्ट फोन चार्जर पनि छ।

सुरक्षाको हिसाबले उत्कृष्ट बनाउन हाई राइडिङ ह्याचब्याकमा ड्युअल एयरब्याग, रियर पार्किङ सेन्सर र सिटबेल्ट रिमाइन्डर छ। यसले ट्याकोमिटर, रियर विन्डस्क्रिन वाइपर र डिफोगर, पावर्ड विङ मिरर एडजस्टमेन्ट, डे र नाइट आईआरभीएम, ट्याकोमिटर र डोरका लागि सेन्ट्रल लकरअनलक बटन जस्ता सुविधाहरू पनि छ।

मूल्य
यसको मूल्य नेपालमा लाइभ ट्रिमको लागि ३४ लाख ४९ हजार र फिल ट्रिमको लागि ३६ लाख ४९ हजार रुपैयाँ तोकिएको छ। तर कम्पनीले हाई राइडिङ ह्याचब्याकमा हाल अटोमेटिक भेरिएन्ट ल्याएको छैन।

वारेन्टी
ग्राहकहरूको सहजता र खरिद पश्चातको मानसिक शान्तिको लागि सिट्रोनले सी३ मा वारेन्टी कार्यक्रम पनि राखेको बताएको छ। यो वारेन्टी कार्यक्रमले दुई वर्ष अथवा ४० हजार किलोमिटरको दुरीसम्म सवारी साधनको हेरचाह र स्पेयर पार्ट्सलाई समेट्छ। ग्राहकले काठमाडौंको सितापाइला स्थित सिट्रोनको सेवा केन्द्रबाट गुणस्तरीय सेवा र मर्मतसम्भारको फाइदा लिन सक्नेछन्।

सम्बन्धित समाचारहरू

तीन भेरिएन्टमा आयो सिट्रोन सी३ एयरक्रस, यस्तो छ फिचर र पावरट्रेन

तीन भेरिएन्टमा आयो सिट्रोन सी३ एयरक्रस, यस्तो छ फिचर र पावरट्रेन

फ्रेन्च अटो निर्माता सिट्रोनले आफ्नो वहुप्रतिक्षित मिड साइज एसयूभी सी३...

‘इन्डिया फर्स्ट’ रणनीतिका कारण सिट्रोनको बिक्री ३ गुणा बृद्धि

‘इन्डिया फर्स्ट’ रणनीतिका कारण सिट्रोनको बिक्री ३ गुणा बृद्धि

सिट्रोनले भारतमा कार बिक्रीलाई तिब्र दरमा बृद्धि गर्न सफल भएको छ ।...

साङ्ग्रिला मोटर्सले ‘नयाँ वर्ष एक्सचेन्ज कर्निभल २०२५’ आयोजना गर्दै

साङ्ग्रिला मोटर्सले ‘नयाँ वर्ष एक्सचेन्ज कर्निभल २०२५’ आयोजना गर्दै

काठमाडौं– साङ्ग्रिला मोटर्स प्रालिले नयाँ वर्षको विशेष अवसर पारेर ‘नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...