‘इन्डिया फर्स्ट’ रणनीतिका कारण सिट्रोनको बिक्री ३ गुणा बृद्धि

सिट्रोनले भारतमा कार बिक्रीलाई तिब्र दरमा बृद्धि गर्न सफल भएको छ । कम्पनीले २०२५ को चौथो त्रैमासिकमा निकै राम्रो बृद्धिदर हाँसिल गरेको हो । चौथो त्रैमासिकको बिक्री तेस्रो त्रैमासिकको तथ्याङ्कको तुलनामा ३ गुणा बढी भएको जनाइएको छ ।

सिट्रोनले यो वृद्धिको श्रेय नयाँ भारत–केन्द्रित उत्पादनहरू, विस्तारित ग्राहक इकोसिस्टम, बलियो उत्पादन क्षमताहरू र बढ्दो निर्यातलाई दिन सकिने बताएको छ ।

स्टेलान्टिस इन्डियाका सीईओ एबं प्रबन्ध निर्देशक शैलेश हाजेलाका अनुसार सिट्रोन २.० रणनीतिले भारतमा स्थिर वृद्धिको नेतृत्व गरिरहेको छ । स्थानीयकरणमा तीव्र ध्यान केन्द्रित गरेर भारत फर्स्र्ट उत्पादन बढाउनुको साथै ग्राहक पहुँच विस्तार गरिएका कारण आफ्नो उपस्थिती बलियो बन्दै गएको उनले बताए ।

‘हामीले बलियो र दिगो विकास मार्ग सिर्जना गरेका छौं । यसको प्रभाव देखिने छ र २०२५ मा स्टेलान्टिस इन्डियाको १८.८ प्रतिशत निर्यात वृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याएको छ । २०२६ मा हाम्रो विश्वव्यापी निर्यात पोर्टफोलियोमा सामेल हुने बासाल्टसँगै भारत द्रुत रूपमा उत्पादन विकास, निर्माण र प्रविधिको लागि सिट्रोनको दीर्घकालीन रणनीतिको मुख्य स्तम्भ बन्दै गएको छ’ हाजेलाले भने ।

२०२५ मा सिट्रोनले धेरै नयाँ र फ्रेस मोडेलहरू बजारमा ल्याएको छ, जसमा सी३ डार्क एडिसन, एयरक्रस, सी३एक्स, बासाल्ट र एयरक्रस एक्स समावेश छन् ।

सम्बन्धित समाचारहरू

नेपालमा सार्वजनिक भयो भारतमा बनेको नयाँ सिट्रोन सी३, यस्तो छ मूल्य र फिचर

नेपालमा सार्वजनिक भयो भारतमा बनेको नयाँ सिट्रोन सी३, यस्तो छ मूल्य र फिचर

काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले...

सिट्रोनले ल्यायो न्यु इयर बोनान्जा : सी३ मा २ लाख र ई–सी३ मा १ लाख सम्मको लाभ

सिट्रोनले ल्यायो न्यु इयर बोनान्जा : सी३ मा २ लाख र ई–सी३ मा १ लाख सम्मको लाभ

काठमाडौं – नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले...

पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने

पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने

काठमाडौँ – पोखरामा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रोन लगायतका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...