नेपालमा सार्वजनिक भयो भारतमा बनेको नयाँ सिट्रोन सी३, यस्तो छ मूल्य र फिचर

काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बहुप्रतीक्षित नयाँ सिट्रोन सी३ सार्वजनिक गरेको छ । साृ कम्प्याक्ट एसयूभी ३४ लाख ४९ हजार रुपैयाँको सुरुवाती मूल्यका साथ सार्वजनिक गरिएको कम्पनीले घोषणा गरेको छ ।

भारतमा निर्मित सिट्रोन सी३ एक कम्प्याक्ट एसयूभी हो जसले नेपालका युवा र फरक गाडीको चाहना राख्ने ग्राहकहरूको मन तान्न सक्छ। अत्यन्त आकर्षक डिजाइनमा बनाइएको सिट्रोन सी३, ख्याती प्राप्त वर्ल्ड अर्बन कार २०२३ अवार्ड पाउन सफल भएको थियो। विश्वका ३२ देशहरुका १०० भन्दा बढी अन्तर्राष्ट्रिय अटोमोटिभ पत्रकारहरुले मत राख्ने उक्त प्रतिस्पर्धामा जित्न सफल सिट्रोन सी३ ले नेपाली बजारमा पनि राम्रो गर्ने आशा गरिएको कम्पनीको भनाइ छ ।

“हामी नेपालका हाम्रा ग्राहकहरूलाई नयाँ सिट्रोन सी३ प्रस्तुत गर्न पाउँदा गर्व गर्छौं। हरेक क्षेत्रको प्रयोगका लागि सोही क्षेत्रमा उत्पादन गर्नुपर्छ भन्ने मान्यता राख्ने स्टेलान्टिस आसियान क्षेत्रको लागि नयाँ सी३ भारतमा बनाएको छ। यस उत्पादन मार्फत हामी यो ठाउँ र परिवेश अनुरुपको उत्पादन मार्फत आसियानमा आफ्नो उपस्थिति बढाउन प्रतिबद्ध छौं” नादिया कमरुदिन, स्टेलान्टिसका लागि आसियानका ग्राहक अनुभव निर्देशक तथा जेनेरल डिस्ट्रिव्यूटरले भनिन् ।

नयाँ सिट्रोन सी३ १.२ पी लाइभ र पी फिल भाइब प्याक गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः ३४ लाख ४९ हजार र ३६ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

नयाँ सी३ बिर्तामोड, इटहरी, नारायणघाट, बुटवल र काठमाडौ गरी नेपालका पाँच प्रमुख सहरहरूमा रहेका सिट्रोनका आधिकारिक शोरुमहरूमा टेस्ट ड्राइभ र बिक्रीको लागि उपलब्ध छ।

नयाँ सी३ मा ट्रपिकलाइज्ड एयर कन्डिसनर, मनोरम बाहिरी दृश्य हेर्न मिल्ने आरामदायी भित्री भाग र वायरलेस एन्ड्रोइड अटो र एप्पल कनेक्टिभिटी भएको १० इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन जस्ता सुविधाहरू छन्। यसमा न्याचुरल्ली एस्पिरेटेड १.२ लिटर पेट्रोल इन्जिन छ जसले ८१ बीएचपी पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ। सी३ मा ५(स्पीड म्यानुअल ट्रान्समिसन गियरबक्स पाइन्छ।

ग्राहकहरूको सहजता र खरिद पश्चातको मानसिक शान्तिको लागि सिट्रोनले सी३ मा वारेन्टी कार्यक्रम पनि राखेको बताएको छ। यो वारेन्टी कार्यक्रमले दुई वर्ष अथवा ४० हजार किलोमिटरको दुरीसम्म सवारी साधनको हेरचाह र स्पेयर पार्ट्सलाई समेट्छ। ग्राहकले काठमाडौंको सितापाइला स्थित सिट्रोनको सेवा केन्द्रबाट गुणस्तरीय सेवा र मर्मतसम्भारको फाइदा लिन सक्नेछन्।

नयाँ सी३ को स्टाइलिश र आरामदायी अनुभव लिनका लागि नजिकैको सिट्रोन शोरूममा गएर टेस्ट ड्राइभको समय लिन सकिन्छ। टेस्ट ड्राइभ बुक गर्न वा कारको बारेमा थप जानकारी लिनका लागि www.citroennepal.com मा क्लिक गरी आवश्यक कार्य गर्न समेत सकिन्छ ।

सम्बन्धित समाचारहरू

सिट्रोन बेसाल्ट बन्यो भारतको सबैभन्दा सुरक्षित कुपे एसयूभी

सिट्रोन बेसाल्ट बन्यो भारतको सबैभन्दा सुरक्षित कुपे एसयूभी

सिट्रोन बेसाल्ट भारतको सबैभन्दा सुरक्षित कुपे एसयूभी बनेको छ । भारत न्यु...

हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनसहित न्यु जेनेरेसन सिट्राेन सी५ एयरक्रस

हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनसहित न्यु जेनेरेसन सिट्राेन सी५ एयरक्रस

सिट्रोनले आफ्नो लोकप्रिय एसयूभी मोडल सी५ एयरक्रसको नयाँ जेनेरेसन...

सेफ्टि टेष्टमा कमजोर देखियो सिट्रोन ईसी–३, पायो जिरो स्टार रेटिङ

सेफ्टि टेष्टमा कमजोर देखियो सिट्रोन ईसी–३, पायो जिरो स्टार रेटिङ

सिट्रोनले भारतमा उत्पादन गरेको इलेक्ट्रिक कार ईसी–३ सेफ्टि टेष्टमा निकै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...