साङयोङ ब्रान्ड बन्यो केजी मोबिलिटी, अब केजी ग्रुपको स्वामित्वमा

दक्षिण कोरियाली कार निर्माता कम्पनी साङयोङले आफ्नो नाम रिब्रान्डिङ गर्दै ‘केजी मोबिलिटी’ राखेको छ । योसँगै ३५ वर्ष देखिको ब्रान्ड नेम परिवर्तन भएको छ ।

केही सञ्चार माध्यमहरुले सन् २०२२ को अगस्टमै साङयोङको नयाँ नाम केजी साङयोङ मोबिलिटी हुने समाचार सार्वजनिक गरेका थिए । तर कम्पनीका नयाँ अध्यक्ष क्वाक जी–सुनले गत जनवरीमा कम्पनीलाई केजी मोबिलिटीको नाममा ब्रान्डिङ गरिने बताएका थिए ।

दक्षिण कोरियाली समाचार संस्था योनहापले गत बुधबार यस सम्बन्धी जानकारी सार्वजनिक गर्दै सेयर होल्डरको बैठकले यस सम्बन्धी अन्तिम निर्णय गरेको बताएको छ । योसँगै कम्पनीको वेबसाइट समेत केजी मोबिलिटी ब्यानरमा आइसकेको छ ।

सन् २०२२ को मध्यमा दक्षिण कोरियामा स्टिल र फास्टफुड व्यवसाय गरिरहेको केजी ग्रुपले भारतको महिन्द्रा ग्रुपको सेयर किनेको थियो ।

अब केजी मोबिलिटीको नामबाट छिट्टै नै चार नयाँ मोडल बजारमा उपलब्ध हुनेछन् । टोरेस ईभीएक्स, इलेक्ट्रिक पिकअप ओ१००, इलेक्ट्रिक फुलसाइज एसयूभी एफ१०० र कम्प्याक्ट इलेक्ट्रिक एसयूभी केआर १० उपलब्ध हुनेछन् । यसका साथै केजी मोबिलिटीले केजी ग्रुपकै आईटी र सफ्टवेयर कम्पनीहरुसँग मिलेर नयाँ ईभी प्लेटफर्म समेत विकास गर्ने बताएको छ । अब सवारी साधनमा ब्रान्ड लोगो समेत परिवर्तन हुने अनुमान गरिएको छ ।

साङयोङ दक्षिण कोरियाको सबैभन्दा पुरानो कार निर्माता कम्पनी हो । साङयोङले एक्टन, कोरान्डो, रेक्सटन र रोडियस लगायतका विभिन्न मोडल बजारमा ल्याएको छ । नेपाली बजारमा समेत आईएमएस मोटर्सले यो ब्रान्डका सवारी साधनको कारोबार गर्दै आएको छ ।

सन् १९५४ मा स्थापित साङयोङ ब्रान्ड सन् १९८० पश्चात चर्चित बनेको थियो । दक्षिण कोरियाकै डेउ, चीनको एसएआईसी मोटर र भारतको महिन्द्रा एन्ड महिन्द्रा हुँदै हाल यो केजी ग्रुपको स्वामित्वमा आएको हो ।

सम्बन्धित समाचारहरू

इसुजु डी–म्याक्स पिकअप पनि अब इलेक्ट्रिकमा, कन्सेप्ट सार्वजनिक

इसुजु डी–म्याक्स पिकअप पनि अब इलेक्ट्रिकमा, कन्सेप्ट सार्वजनिक

आगामी साता देखि थाइल्यान्डमा शुरु हुने बैंकक इन्टरनेसनल अटो शोमा...

इसुजुले पनि बढायो भारतमा पिकअपको मूल्य, एसयुभीको भने घट्यो

इसुजुले पनि बढायो भारतमा पिकअपको मूल्य, एसयुभीको भने घट्यो

नयाँ बर्षको सुरुवातसंगै भारतमा अहिले सवारीसाधनको मूल्य एकपछि अर्को गरी...

धितोमा राखिएका ३८ सवारी साधन बेच्दै एक सहकारी

धितोमा राखिएका ३८ सवारी साधन बेच्दै एक सहकारी

काठमाडौं – काठमाडौंको कीर्तिपुर १ अमृतनगरमा रहेको अमृत बचत तथा ऋण सहकारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...