चीनमा विवाइडी करको विक्रीमा उछाल, बजार हिस्सा १२.७ प्रतिशत पुग्यो

गत महिना चीनमा प्यासेन्जर कारको बिक्री अघिल्लो वर्षको सोही महिनाको तुलनामा १०.४ प्रतिशतले बृद्धि भएको छ । फेव्रुअरीमा कुल १३ लाख ९० हजार प्यासेन्जर कार विक्री हुँदा ६ लाख ५६ हजार सेडान, ६ लाख ५१ हजार एसयूभी र ८२ हजार एमपिभी बिक्री भएका हुन् । जुन अघिल्लो महिनाको तुलनामा ७.५ प्रतिशतले वढी हो । गत महिना चीनमा कुल १६ लाख ६४ हजार यूनिट कार उत्पादन भएको चाइना प्यासेन्जर कार एसोसिएसनले जनाइएको छ ।

गत महिना विक्री भएको प्यासेन्जर कारमा विवाईडी पहिलो स्थानमा रहन सफल भएको छ । विवाइडीले कुल १ लाख ७७ हजार युनिट कार चिनियाँ बजारमा बिक्री गर्दै प्यासेन्जर कार सेग्मेन्टमा १२.७ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको हो । जुन अघिल्लो वर्षको सोही महिनामा विवाइडीले बिक्री गरेको कुल कारको तुलनामा ९८.३ प्रतिशतले वढी हो । गत महिना उसले १५ हजार २ यूनिट कार निर्यात गरेको छ ।

विवाईडी पछि एफएडव्लू–फक्सवागनले १ लाख ११ हजार युनिट कार बिक्री गर्दै दोस्रो स्थानमा रहन सफल भएको छ । यो व्रान्डको बजार हिस्सा ८ प्रतिशत पुगेको छ । यसैगरी तेस्रो स्थानमा चांगन, चौथोमा गीली, पाँचौमा एसएआईसी–फक्सवागन, छैटौमा जिएसी–टोयोटा, सातौमा एसएसआइसी–जिएम–वुलिङ, आठौंमा डोङफेङ–निसान, नवौमा एसएआइसी-जीएम र दशौँ स्थानमा एफएडव्लू–टोयोटा रहन सफल भएका छन् ।

यी व्रान्डले क्रमश ९३ हजार, ९१ हजार, ७४ हजार, ६७ हजार, ५७ हजार, ५७ हजार, ५३ हजार र ५० हजार युनिट कार विक्री गरेका थिए । यी व्रान्डको बजार हिस्सा भने क्रमश ६.७, ६.६, ५.३, ४.८, ४.१, ४.१, ३.८ र ३.६ प्रतिशत रहेको छ । विवाइडीको इलेक्ट्रिक कारमा ग्राहकको आकर्षण निरन्तर वढिरहेका कारण यो व्रान्डले हरेक महिना विक्री वढाउँदै बजार हिस्साको अन्तरलाई फराकिलो वनाउँदै लगेको छ ।

सम्बन्धित समाचारहरू

एथर रिज्टाले भारतीय बजारमा पार गरेको ऐतिहासिक सफलता : दुई वर्षमै ३ लाख युनिट बिक्री

एथर रिज्टाले भारतीय बजारमा पार गरेको ऐतिहासिक सफलता : दुई वर्षमै ३ लाख युनिट बिक्री

भारतीय बजारमा लन्च भएको दुई वर्षमै एथर रिज्टाले ३ लाख युनिटको बिक्री आँकडा...

डेलिभरी कम्पनीले लियो १० युनिट इलेक्ट्रिक मोटरसाइकल

डेलिभरी कम्पनीले लियो १० युनिट इलेक्ट्रिक मोटरसाइकल

काठमाडौं – डेलिभरी कम्पनी ड्यास लजिस्टिक एकै पटक १० युनिट विद्युतिय...

वृक्षरोपण र ड्राइभ सहितको ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ इभेन्ट सम्पन्न

वृक्षरोपण र ड्राइभ सहितको ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ इभेन्ट सम्पन्न

काठमाडौं – नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...