हाइग्राउन्ड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क
पोखरा – सन् २०१० देखि सञ्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको...
भारतीय बजारमा लन्च भएको दुई वर्षमै एथर रिज्टाले ३ लाख युनिटको बिक्री आँकडा पार गरेको छ । यो कम्पनीको पहिलो पारिवारिक इलेक्ट्रिक स्कुटर अप्रिल २०२४ मा लन्च भएको थियो।
सो इलेक्ट्रिक स्कुटर लन्च भएको ११ महिना भित्रै १ लाख युनिट बिक्री हासिल गर्यो र अर्को ११ महिनामा थप २ लाख युनिट बिक्री गरेर कुल ३ लाख पुर्याएको थियो । डिसेम्बर २०२५ सम्ममा २ लाख युनिट बिक्री भएको थियो भने त्यसपछिका ५ महिनामै १ लाख थपियो। आर्थिक वर्ष २०२६ मा एथरको कुल बिक्रीको ७६ प्रतिशत हिस्सा रिज्टाकै थियो।
पछिल्ला दुई वर्षमा रिज्टाले विशेषगरी दक्षिण भारत बाहिर महाराष्ट्र, गुजरात, मध्य प्रदेश, छत्तीसगढ र ओडिशा जस्ता राज्यहरूमा एथरको उपस्थितिलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको कम्पनीको दाबी छ। यी राज्यहरूमा कम्पनीको बजार हिस्सा आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासिकमा ४.१ प्रतिशतबाट बढेर २०२६ को चौथो त्रैमासिकमा १७.३ प्रतिशत पुगेको छ ।
फिचरका हिसाबले एथर रिज्टामा फराकिलो सिट, फराकिलो फ्लोरबोर्ड र कुल ५६ लिटर स्टाेरेज क्षमता उपलब्ध छ। यसमा ३४ लिटरको अन्डरसिट स्टोरेज र २२ लिटरको फ्रङ्क समावेश गरिएको छ। साथै स्किड कन्ट्रोल, थेफ्ट अलर्ट र टो अलर्टजस्ता आधुनिक सुरक्षा तथा कनेक्टेड फिचरहरू पनि प्रदान गरिएको छ।
सो इलेक्ट्रिक स्कुटर एस र जेड भेरिएन्टमा उपलब्ध छ, जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर ब्याट्री प्याक विकल्प राखिएको छ। कम्पनीले ओभर द एयर अपडेटमार्फत प्रयोगकर्ता अनुभवलाई निरन्तर सुधार गर्दै आएको छ। सेप्टेम्बर २०२५ मा कम्पनीले रिज्टा जेड ग्राहकका लागि ‘एथरस्ट्याक ७’ अपडेट पेश गरेको थियो, जसमा टचस्क्रिन इन्टरफेससमेत समावेश गरिएको छ।
पोखरा – सन् २०१० देखि सञ्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको...
काठमाडौं – नेपाली बजारमा एमजी विन्डसर ईभीको बिक्री प्रारम्भ हुने भएको छ ।...
काठमाडौं – नेपाली बजारमा पहिले नै प्रि–बुकिङ गरेका ग्राहकका लागि कोमाकी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...