वृक्षरोपण र ड्राइभ सहितको ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ इभेन्ट सम्पन्न

काठमाडौं – नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले महत्वपूर्ण र वातावरणप्रति सचेत ग्राहकहरुका लागि ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ नामक इभेन्ट सम्पन्न गरेका छन् । गत शनिबार सम्पन्न सो इभेन्टमा ८० जनाको सहभागिता रहेको थियो, जसमा उत्सुक सहभागीका साथै ग्राहक र उनीहरुका परिवार समेत सम्मिलित थिए ।

सो अवसरमा ग्राहक, प्रकृति प्रेमी र वातावरण अभियन्ताहरुलाई एकै स्थानमा लिएर दिगो मोबिलिटी र वातावरणीय उत्तरदायित्वका वारेमा सचेतनामुलक कार्यक्रम गरिएको थियो ।

सो अवसरमा काठमाडौंको थापाथलीस्थित केई शोरुमबाट केईका तीन ईभी मोडल एक्स३ प्रो, ई-क्युट ०२ र ई-क्युट ०४ सहितको -याली प्रारम्भ भएर गोदावरी पुगेको थियो । यसले केई ब्रान्डको दिगो यातायातप्रतिको प्रतिबद्धतालाई झल्काएको कम्पनीको भनाइ छ ।

त्यसपछि सहभागीहरु मार्बल हिल्स सम्मको स्निक हाइकमा सहभागी भएका थिए । एक प्रकारको ड्राइभ मात्र नभएर सो यात्रा हरित महत्व, प्रकृतिको कदर र वातावरणीय जिम्मेवारीको एक उत्सव समेत भएको बताइएको छ ।

सो अवसरमा गोदावरी जंगलमा वृक्षरोपण समेत गरियो । सहभागीहरुले ७० भन्दा बढी वृक्षरोपण गरेर केई ब्रान्डको हरित भविष्यप्रतिको प्रतिबद्धतालाई पुष्टि गरेका छन् । यसबाट कार्बन उत्सर्जनमा कमी ल्याई स्थानीय इकोसिस्टममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

सो अवसरमा मार्बल हिल्समा विभिन्न गेम र रिफ्रेसमेन्ट लगायतका विभिन्न सामूहिक क्रियाकलाप समेत आयोजना गरिएको यिो । यसबाट सहभागीहरुमा अन्तरक्रिया र रमाइलोपनाको अनुभव भएको थियो ।

आगामी दिनमा समेत यस्ता वातावरणमैत्री कार्यक्रम निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता केई नेपालले व्यक्त गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...