गण्डकी प्रदेशमा वृद्धि गरिएको सवारी कर तथा ६/६ महिनामा जाचँपास गर्नुपर्ने नीति खारेज गर्न माग

देश भरिका अटोमोवाइल व्यवसायीहरुको केन्द्रीय संस्था नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्य मार्फत सवारी साधनहरुको वार्षिक करमा गरेको भारी मात्राको वृद्धि तथा ६/६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने अव्यवहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति अविलम्व खारेज गरि पुरानै व्यवस्था कायम गर्न माग गरेको छ ।

नाडाले विगत देखि नै सम्पूर्ण प्रदेशहरुमा सवारी साधनहरुको कर समान हुनुपर्ने माग राख्दै आएको बताएको छ । सोही अनुसार केही महिना अघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसी सबै प्रदेशहरुमा समान सवारी कर लागु गर्ने सहमति समेत भइसकेको बताएको छ ।

तर सो सहमति विपरित अहिले आएर गण्डकी प्रदेश सरकारले मात्र एकतर्फी रुपमा भारी मात्रामा सवारी कर वृद्धि गर्नुका साथसाथै ६(६ महिनामा सवारी जाचँपास गर्नुपर्ने झन्झटिलो नीति समेत ल्याएकोमा नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले विरोध जनाउँदै तत्काल फिर्ता लिन माग गरेको हो ।

सम्बन्धित समाचारहरू

सरकार र राष्ट्र वैंकलाई दवाव दिन नाडाको दवावमुलक कार्यक्रम घोषणा

सरकार र राष्ट्र वैंकलाई दवाव दिन नाडाको दवावमुलक कार्यक्रम घोषणा

अटोमोवाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले...

बुधबारदेखि पोखरामा वाडा अटो शो हुँदै

बुधबारदेखि पोखरामा वाडा अटो शो हुँदै

पाेखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल...

प्रवेशको नजरमा : नाडाको नयाँ नेतृत्वले गर्नु पर्ने आवश्यक २० कार्यहरु

प्रवेशको नजरमा : नाडाको नयाँ नेतृत्वले गर्नु पर्ने आवश्यक २० कार्यहरु

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्व चयन हुँदैछ । देशभरका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...