नेपाल भित्रियो यामाहा एफजेड–एक्स, २५ हजार तिरेर आजैदेखी बुकिङ लिन सकिने

यामाहाको वहुप्रतिक्षित नियो रेट्रो स्टाइलयुक्त नयाँ वाइक एफजेड–एक्स नेपाल भित्रिएको छ । आजदेखी देशभरका शोरुममा उपलब्ध यो वाइकको बुकिङ खुल्ला गरिएको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज स्रोतले बताएको छ ।

४ लाख २६ हजार ९ सय रुपैयाँ मूल्य निर्धारण गरिएको यो वाइकलाई २५ हजार रुपैयाँ तिरेर वुकिङ लिन सकिने उक्त स्रोतको भनाई छ । यसै महिनाको अन्तिमसम्ममा औपचारिक लन्च गर्ने तयारी गरिएको यो बाइकलाई हात पार्न ग्राहकले सो समय अवधीसम्म कुर्नुपर्ने देखिन्छ ।

यो नयाँ मोटरसाइकलमा १४९ सीसीको एयर कुल्ड इन्जिन जडान गरिएको छ । जसले १२.४ एचपीको पावर र १३.३ एनएमको टर्क जेनेरेट गर्नेछ । सो इन्जिनलाई ५–स्पिड कन्स्ट्यान्ट मेस ट्रान्समिसनले जोडेको छ ।

नयाँ डिजिटल कन्सोल जडान गरिएको यो मोटरसाइकलमा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र मोनोसक रियर सस्पेन्सन दिइएको छ । ब्रेकिङका लागि सिंगल च्यानल एबीएसका साथ डिस्क ब्रेक दिइएको छ । यो नयाँ वाइकमा भएको ब्लुटुथ कनेक्टिभिटीमार्फत यामाहाको वाई–कनेक्ट एप प्रयोग गर्न सकिन्छ । यसले स्मार्टफोनलाई जोड्छ र मिस्ड कल, इमेल, म्यासेज र फोनको ब्याट्री लेवल आदि थाहा पाउन सकिन्छ । यसले मोटरसाइकलको इन्जिन आयल र ब्याट्री लेवल समेत थाहा दिन्छ ।

हेर्दा सामान्य लागे पनि यसमा धेरै आधुनिक फिचर राखिएका छन । यामाहा एफजेड–एक्समा अघिल्लो र पछिल्लो भागमा एलईडी लाइट, एलईडी फ्ल्यासर, सिंगल च्यानल एबीएस, साइड स्ट्यान्ड इन्जिन कटअफ र ब्लक प्याटर्न टायर जस्ता फिचर उपलब्ध छन ।

सम्बन्धित समाचारहरू

अपडेट भएर आयो यामाहा फेसिनो १२५, मूल्य कति ?

अपडेट भएर आयो यामाहा फेसिनो १२५, मूल्य कति ?

यामाहको स्टायलिस स्कुटर फसिनो १२५ अपडेट भएर आएको छ । पहिलेभन्दा थप आकर्षक...

सिजन एक्सचेन्ज क्याम्पको, टीभीएस र यामाहाले ल्याए यस्तो एक्सचेन्ज अफर

सिजन एक्सचेन्ज क्याम्पको, टीभीएस र यामाहाले ल्याए यस्तो एक्सचेन्ज अफर

फेस्टिभल सिजनको सुरुवातसँगै अहिले विभिन्न टु ह्विलर कम्पनीहरु नयाँ नयाँ...

यस्तो छ यामाहा स्कुटरको मूल्य सूची : सीसी तथा डिस्क र ड्रम ब्रेक अनुसार मूल्य फरक

यस्तो छ यामाहा स्कुटरको मूल्य सूची : सीसी तथा डिस्क र ड्रम ब्रेक अनुसार मूल्य फरक

नेपाली बजारमा यामाहाका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर उपलब्ध छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...