अटोमोबाइल क्षेत्रमा क्रियाशील श्रेष्ठ बने नेपाली युवा उद्यमी मञ्च ललितपुरको अध्यक्ष
काठमाडौं – नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर च्याप्टरको वार्षिक साधारण...
काठमाडौं – टाइम्स मोटर्सले ३ वर्ष पुरा गरेको छ । टाइम्स मोटर्सले हाल नेपालमा इसुजु गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको काठमाडौंका लागि डिलरको रुपमा कार्य गरिरहेको छ भने भल्वो हेभी इक्विपमेन्टको प्रदेश एक, मधेश प्रदेश र बागमती प्रदेशका आधिकारिक वितरक समेत हो ।
२०७५ माघ ७ गते स्थापना भएको टाइम्स मोटर्सले प्रारम्भमा इसुजु गाडी बिक्री गर्दै आइरहेकोमा करिव एक वर्ष यता मात्र भल्वोको समेत वितरक बनेको हो ।
हाल टाइम्स मोटर्सले गाडी बिक्री गर्नका लागि ग्राहकहरुले अन्तक्र्रिया गर्न सक्ने वेबसाइटको विकास गरेको छ । यसका हाल काठमाडौं उपत्यकाको बल्खु र गैरीधारा गरी दुई स्थानमा विशेष खालको आउटलेट छन् ।
हाल २५ जना कर्मचारी कार्यरत टाइम्स मोटर्सका ५ सय भन्दा बढी सन्तुष्ट ग्राहक भएको बताइएको छ । यो अवधिमा ५० हजार भन्दा बढी ग्राहकले ब्रान्डको वारेमा अनुभव लिएका छन् ।
आगामी दिनमा ग्राहक वर्गका लागि थप जिम्मेवारी बोधका साथ कार्य गरी उत्कृष्ट उत्पादन उपलब्ध गराउने टाइम्स मोटर्सले प्रतिबद्धता व्यक्त गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...