नेपालमा समेत उपलब्ध नेटाको थाइल्यान्डमा यस्तो छ बजार
सन् २०२४ को डिसेम्बर महिनामा थाइल्यान्डमा विभिन्न इलेक्ट्रिक सवारी साधन...
गुगलले सञ्चालन गरिरहेको आई/ओ डेभलपर कन्फ्रेन्समा हिजो नयाँ अफर ‘डिजिटल कार की’ को घोषणा गरेको छ । आगामी दिनमा रिलिज हुने गुगलको नयाँ अपरेटिङ सिस्टम एन्ड्रोइड १२ मा यो फिचर उपलब्ध हुनेछ, जसको कारण कुनै व्यक्तिले आफ्नो स्मार्टफोनबाटै कारलाई लक गर्न, अनलक गर्न र स्टार्ट गर्न सक्ने छन् ।
गुगलले यसको वारेमा विस्तृत जानकारी दिएको छैन । यद्यपि गुगलले यसको लागि नियर फिल्ड कम्युनिकेसन (एनएफसी) र अल्ट्रा वाइड ब्यान्ड (यूडब्ल्युबी) रेडियो टेक्नोलोजीको प्रयोग गरेको र यसले खल्तीमा भएको फोनलाई कारको डोर ह्यान्डलसँग समन्वय गर्ने बताएको छ । यसको सहयोगले कुनै साथीलाई समेत डिजिटल कार की प्रयोग गर्न दिन सकिने र टाढैबाट तथा सुरक्षित तरिकाले यसको प्रयोग गर्न सकिने बताइएको छ ।
डिजिटल कार की स्मार्टफोन र कार दुवैका लागि एउटा नयाँ प्रविधि हुनेछ । कुनै पनि ब्यक्तिले आफैसँग राख्ने डिभाइस भएकाले यसको प्रयोग सहज पनि हुन्छ । यद्यपि शुरुमा कुनै हाई इन्ड पिक्सेल र सामसुङ ग्यालेक्सी जस्ता स्मार्टफोनमार्फत यसको प्रयोग प्रारम्भ हुने अनुमान गरिएको छ ।
त्यसैगरी कार निर्माता कम्पनीहरुले पनि यसमा चासो राख्ने छन् । अहिले भने बीएमडब्ल्युले यसका लागि पार्टनरसिप गर्ने घोषणा गरेको गुगलले बताएको छ । यद्यपि बीएमडब्ल्युको कुन मोडलमा यसको प्रयोग हुनेछ भन्ने वारेमा भने सार्वजनिक गरिएको छैन ।
यसरी डिजिटल कार की प्रयोगमा ल्याउने गुगल पहिलो कम्पनी भने होइन । यो भन्दा पहिले एप्पलको २०२० वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्समा एप्पलले पनि डिजिटल कार की ल्याउने घोषणा गरेको थियो, जसलाई आइफोन वा एप्पल वाचको सहयोगले प्रयोग गर्न सकिन्छ । त्यसैगरी टेस्ला, हुन्डाई, भल्वो र टाटा मोटर्सले समेत स्मार्टफोन वा स्मार्टवाच एपको प्रयोग गरी कार खोल्न मिल्ने प्रविधिको विकास गरेका छन् ।
गुगलको एन्ड्रोइड १२ अझै उपलब्ध छैन । यो वर्षको अन्त्य सम्ममा बल्ल यो उपलब्ध हुन सक्ने छ । यसकारण पनि डिजिटल कार की छिट्टै नै उपलब्ध हुने आशा भने गर्न सकिदैन ।
मे २० बाट प्रारम्भ भएको गुगलको डेभलपर कन्फ्रेन्स हाल चलिरहेको छ । गुगलको युट्युब च्यानल र अन्य विभिन्न माध्यमबाट भर्चुअल तरिकाले यसको अवलोकन गर्न सकिन्छ । कन्फ्रेन्समा गुगलले ल्याउने नयाँ प्रोडक्ट र सुविधा सार्वजनिक हुने गरेको छ ।
सन् २०२४ को डिसेम्बर महिनामा थाइल्यान्डमा विभिन्न इलेक्ट्रिक सवारी साधन...
हम्मर एसयूभी संसारको सबैभन्दा बलियो र शक्तिशाली एसयूभीको रूपमा चिनिन्छ र...
विश्वभर प्रिमियम र इलेक्ट्रिक सवारी साधनहरूमा आधुनिक डिजाइनको प्रतीकका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...