बेइजिङ अटो शो २०२६ सुरु, उड्ने कारदेखि भविष्यका सवारी प्रविधिको भव्य प्रदर्शन
विश्वकै सबैभन्दा ठुलो अटो प्रदर्शनीमध्ये एक बेइजिङ अटो शो २०२६ सुरु भएको...
राजन पिया चितवनमा जारी चितवन अटो शो २०२६ का संयोजक हुन् । उनी नेपाल अटोमोबाइल्स एसोसिएसन, बागमती प्रदेशका संयोजक तथा उक्त अटो शोको आयोजक चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् ।
बैशाख १७ देखि सुरु भएको चितवन अटो शो आगामी बैशाख २१ सम्म चल्ने छ । चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल्स एसोसिएसनको संयुक्त आयोजनामा भइरहेको अटो शोलाई सफल बनाउन भरतपुर महानगरपालिका, चितवन उद्योग संघ र चितवन उद्योग वाणिज्य संघले सहयोग गरेका छन् ।
यसै सन्दर्भमा अटो शो संयोजक पियासँग गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।
नेपालमा हुने विभिन्न अटो शो काठमाडौं केन्द्रित भइरहेको समयमा तपाईंहरुले काठमाडौं बाहिर चितवनमा समेत यसको आयोजना गर्नुभएको छ ? दर्शकहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
दर्शकहरुको प्रतिक्रिया एकदमै सकारात्मक छ । धेरै सम्भावित क्रेता दर्शकहरुको उपस्थिति देखिएको छ । प्रदर्शकहरु पनि निकै नै उत्साहित हुनुहुन्छ । चितवन देशकै केन्द्रबिन्दुको रुपमा रहेको छ । यो अवस्थामा हामीले पहिले चितवन महोत्सवको अवसरमा एउटा सानो प्याभिलियनको रुपमा अटो शो आयोजना गर्ने गरेका थियौ । त्यसपछि यो भन्दा पहिले पनि एक पटक यस्तै अटो शो आयोजना भइसकेको छ । अहिले यसको दोस्रो संस्करण हो ।
तर हामी सिक्दै जाने क्रममा रहेका छौ । चितवन देशकै तेस्रो ठूलो अटो बजारको रुपमा रहेको छ । बुटवल, हेटौंडा, दमौली लगायतका सहरको नजिक केन्द्रमा रहेको र देशकै समेत केन्द्रको रुपमा चितवन रहेको छ । यो अवस्थामा राजधानी पछि अटो बजारको नेतृत्व चितवनले गर्नुपर्छ भन्ने मान्यताका साथ यहाँका अटोमोबाइल व्यवसायीहरु लाग्नुभएको छ । हामीले ५१ हजार वर्गफिट क्षेत्रफलको एसी सुविधायुक्त हलमा अटो शो आयोजना गरेका छौ ।
५ दिन सम्म चल्ने अटो शो कति दर्शकले अवलोकन गर्ने अनुमान गर्नुभएको छ ? त्यसैगरी कारोबारको हिसाबले यहाँहरुको अपेक्षा के छ ?
चितवन अटो शो २०२६ को अवसरमा १० हजार दर्शकले अवलोकन गर्ने र ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने हाम्रो अपेक्षा छ ।
पछिल्लो समयमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढिरहेको छ । चितवनमा कस्तो अवस्था छ ?
चितवनमा पनि यस्तै अवस्था छ । यद्यपि केही समय पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनप्रतिको आकर्षण पनि बढ्न थालेको थियो । तर पछिल्लो समयमा वृद्धि भइरहेको पेट्रोलियम पदार्थको मूल्यका कारण फेरि विद्युतीय सवारी अर्थात ईभीतिरै आकर्षण बढेको देखिएको छ । हालको अवस्थामा ईभीतिर ७० प्रतिशत र अन्य सवारी साधनतिर ३० प्रतिशत बजार भएको देखिन्छ ।
अटो शोमा सवारी साधन प्रदर्शन गर्ने र ग्राहक आकर्षित गर्ने ट्रेन्ड चलिरहेको छ । तर पछिल्लो समयमा यस्ता सवारी साधनका वारेमा उनीहरु धेरै सचेत भएको पाइदैन । यस्ता प्लेटफर्ममार्फत उपभोक्ता सचेतना सम्बन्धी केही कार्य भए अझै राम्रो हुन्थ्यो कि ?
हामीले यसका लागि आवश्यक पहल गरेका थियौं । यस अनुसार शनिबार यस्तो कार्यक्रम आयोजना गर्ने योजना समेत थियो । नाइमासँगको समन्वयमा यो कार्य गर्ने योजना थियो । तर नाइमाले हाल काठमाडौंमा यस्ता कार्यक्रम गरिरहको हुनाले उहाँहरुले हामीलाई समय उपलब्ध गराउन सक्नुभएन । चितवनमा यसका लागि आवश्यक विशेषज्ञहरुको समेत अभाव भएकाले हामीले अहिले स्वतन्त्र रुपमा यो कार्य गर्न सकेनौ । तर आगामी दिनमा भने प्यानल डिस्कसन लगायतका यस्ता विभिन्न कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
नेपालमा अटोमोबाइल आयातकर्ताहरुको दुईवटा एसोसिएसन नाडा र नाइमा छ । तर यो अटो शोमा दुवै संस्थाका प्रतिनिधिहरुको संलग्नता नदेखिएको कारण खल्लो समेत अनुभव भइरहेको अवस्था छ । यसमा तपाईंको के भनाइ छ ?
चितवन अटोमोबाइल डिलर्स एसोसिएसन नाडा र नाइमा दुवैसँग जोडिएको छैन, यो स्वायत्त संस्था हो । त्यसैगरी चितवन अटोमोबाइल्स एसोसिएसन नाइमासँग आवद्ध छ । तर हामी यी दुवै संस्थासँग संस्थागत रुपमा जोडिनु भन्दा पनि स्वतन्त्र रुपमा कार्य गर्ने लक्ष्यका साथ अगाडि बढेका हौं । यसकारण पनि संस्थागत संलग्नता नदेखिएको हो । तर पनि एक अर्को संस्थाप्रति सहयोगको सम्बन्ध भने कायमै छ ।
अन्त्यमा थप केही भन्नु छ कि ?
हामीले नेपालकै दोस्रो ठूलो अटो एक्सपोको रुपमा चितवन अटो एक्सपो २०२६ आयोजना गरिरहेका छौ । यहाँ उपस्थित अवलोकनकर्ताहरुले यसलाई अन्तर्राष्ट्रिय स्तरको रहेको भनेर प्रशंसा गरिरहनु भएको छ । तर पनि सुधार गर्नुपर्ने पक्ष धेरै छन् । यसलाई नेपालकै व्यवस्थित र ठूलो अटो एक्सपोको रुपमा व्यवस्थित गर्दै जानेछौ । चितवन र यसको आसपासका जनताले हामीलाई साथ दिनुहुने अपेक्षा छ । अहिलेको यो माहोल देख्दा अवश्य पनि हाम्रो अपेक्षा पुरा हुने विश्वास गरेका छौ ।
विश्वकै सबैभन्दा ठुलो अटो प्रदर्शनीमध्ये एक बेइजिङ अटो शो २०२६ सुरु भएको...
चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेले बेइजिङ अटो शोमा प्रस्तुत गरेको...
भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ आजदेखि सुरु हुँदैछ। यसमा पहिलो पटक ३४...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...