अपडेट भएर आयो चेतक स्कुटर, गुगल म्याप र अन्य सुविधा थप

बजाज अटोले चेतक स्कुटरलाई नयाँ सुविधा र उच्च गतिको साथ अपडेट गरेको छ । कम्पनीले आफ्नो विद्युतीय स्कुटरको रेन्जमा नयाँ ‘सी सिरिज’ नामकरण समेत अपनाएको छ । स्कुटर अब सी३५, सी३० र सी २५ मोडलमा उपलब्ध हुनेछ ।

चेतकले आफ्ना टप स्पेक भेरिएन्टमा एकीकृत गुगल गुगल म्याप उपलब्ध गराएको छ । साथै, स्पोर्ट र इको जस्ता राइडिङ मोड र हिल होल्ड असिस्ट जस्ता सुविधालाई अब सी ३५ र सी ३० भेरिएन्टमा अनिबार्य गरिएको छ । यी मोडलमा ओभर–द–एयर(ओटीए) अपडेट उपलब्ध गराइएको छ ।

यी स्कुटरमा बजाजले केही प्राविधिक परिवर्तनहरू पनि गरेको छ । सी ३५ ०१ र सी ३५ ०२ को टप स्पिडलाई ७३ किलोमिटर÷घण्टा बाट बढाएर ८० किमी÷घण्टा पुर्याइएको छ । तयसैगरी सी ३० ०१ को अधिकतम गति ६३ किमी÷घण्टाबाट बढाएर ७० किमी÷घण्टा गरिएको छ भने सी २५ ०१ अब ६० किमी÷घण्टाको अधिकतम गतिमा गुड्न सक्छ ।

सी ३५ ०१ मा विद्युतीय मोटरको पावर आउटपुट ४.५ किलोवाटबाट बढाएर ४.८ किलोवाट पुर्याइएको छ भने सी ३० ०१ को चार्जिङ समय (०–८०%) ३ घण्टा ५० मिनेटबाट घटाएर २ घण्टा ५५ मिनेट गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...