६२० किमी रेन्ज दिने स्काइवेलका विद्युतीय कार नेपाल प्रस्थान, जनवरीमै नेपाल भित्रिने
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा बढी रेन्जको इलेक्ट्रिक कार...
विश्वभर प्रिमियम र इलेक्ट्रिक सवारी साधनहरूमा आधुनिक डिजाइनको प्रतीकका रूपमा प्रयोग हुँदै आएका फ्लस डोर ह्यान्डल अब चीनमा प्रतिबन्धित हुने भएको छ । चिनियाँ सरकारले सुरक्षा जोखिमलाई गम्भीर रूपमा लिँदै जनवरी १, २०२७ देखि इलेक्ट्रोनिक रूपमा सञ्चालन हुने यस्ता डोर ह्यान्डलहरू प्रयोगमा रोक लगाउने निर्णय गरेको हो।
रिपोर्टका अनुसार दुर्घटनाको समयमा, विशेषगरी गाडीमा बिजुली आपूर्ति बन्द हुँदा, इलेक्ट्रिक फ्लस ह्यान्डलहरू बाहिर ननिस्कने समस्या बारम्बार देखिएको छ। यसका कारण यात्रुहरू गाडीभित्रै फस्ने र उद्धार टोलीलाई ढोका खोल्न ढिलाइ हुने गरेको छ। कतिपय घटनामा झ्याल फुटाइसकेपछि पनि भित्री ह्यान्डलले काम नगरेको तथ्यले सुरक्षाप्रति थप चिन्ता बढाएको छ। यसबाहेक, अत्यधिक चिसो मौसममा ह्यान्डल नखुल्ने तथा प्रयोगका क्रममा बालबालिकाका औंलामा चोट लाग्ने गुनासाहरू पनि सार्वजनिक भएका छन्।
नयाँ नियमअनुसार जनवरी १, २०२७ पछि ३.५ टनभन्दा कम तौल भएका सबै यात्रुवाहक कारमा भित्र र बाहिर दुबै तर्फ मेकानिकल इमर्जेन्सी रिलिज ह्यान्डल अनिवार्य रूपमा जडान गर्नुपर्नेछ। यी ह्यान्डलहरू बिजुली पूर्ण रूपमा बन्द भएको अवस्थामा पनि म्यानुअल रूपमा सञ्चालन गर्न मिल्ने हुनुपर्नेछ। साथै, आपतकालीन अवस्थामा अपरिचित व्यक्तिले पनि सजिलै ढोका खोल्न सकून् भन्ने उद्देश्यले ह्यान्डलको स्थान र प्रयोग विधि स्पष्ट रूपमा चिन्ह र निर्देशनसहित देखिने गरी राख्नुपर्ने व्यवस्था गरिएको छ।
यो निर्णयले बीवाईडी, मर्सिडिज बेन्ज लगायत धेरै ब्रान्डहरूलाई असर गर्नेछ, तर सबैभन्दा धेरै चर्चा टेस्लाको विषयमा भइरहेको छ। किनभने टेस्लाका सबै मोडलहरूमा इलेक्ट्रोनिक रूपमा सञ्चालन हुने ढोका ह्यान्डलहरू प्रयोग गरिएको छ । रिपोर्टका अनुसार कम्तिमा १५ वटा टेस्ला कार दुर्घटनाको मुख्य कारण गाडीमा बिजुली अवरुद्ध भएर ढोका नखुल्दा यात्रुहरूको ज्यान गएको दाबी गरिएको छ।
चीन हाल विश्वकै सबैभन्दा ठूलो कार निर्यातकर्ता राष्ट्र भएकाले यस नियमको प्रभाव चीनभित्र मात्र सीमित नहुने संकेत देखिएको छ। चिनियाँ कम्पनीहरूले आफ्ना अन्तर्राष्ट्रिय बजारका लागि बनाइने गाडीहरूको डिजाइन परिवर्तन गर्न सक्नेछन् भने चीनमा गाडी बिक्री गर्ने विदेशी ब्रान्डहरू पनि विश्वव्यापी मोडल पुनः डिजाइन गर्न बाध्य हुन सक्छ ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा बढी रेन्जको इलेक्ट्रिक कार...
हुन्डाईको लोकप्रिय इलेक्ट्रिक क्रसओभर कोनाको न्यूनतम रिसेल मूल्य ४० लाख...
विश्वभर इलेक्ट्रिक कारको उत्पादन बढिरहेको छ र त्यसको बिक्री पनि तीव्र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...