यस्तो छ चार कम्पनीको सहकार्यमा बनेको अवतार ०६टी, फुल चार्जमा १२५० किलोमिटर रेन्ज

चीनको अग्रणी अटोमोबाइल ब्रान्ड अवतारले आफ्नो नयाँ अत्याधुनिक विद्युतीय वागन अवतार ०६टी लन्च गरेको छ। सो गाडी चांगान अटोमोबाइल, हुवावे र सीएटीएल जस्ता कम्पनीहरूको सहकार्यमा निर्माण गरिएको हो ।

अवतार ०६टीमा शक्तिशाली तीनवटा विद्युतीय मोटर जडान गरिएको छ, जसले संयुक्त रूपमा करिब ९५५ हर्सपावर उत्पादन गर्छ। यसका कारण सो गाडी विश्वकै शक्तिशाली विद्युतीय सवारी साधनमध्ये एक मानिन्छ। साथै, यसमा अल ह्विल ड्राइभ सिस्टम पनि उपलब्ध छ ।

यो गाडी दुई भर्सनमा उपलब्ध हुनेछ । पहिलो प्योर इलेक्ट्रिक भर्सन हो, जसले लामो दूरीको यात्रा सुनिश्चित गर्छ। दोस्रो एक्सटेन्डेड रेन्ज भर्सनमा सानो टर्बोचार्ज्ड इन्जिन जडान गरिएको छ, जसले जेनेरेटरको रूपमा काम गर्दै ब्याट्री चार्ज गर्न सहयोग गर्छ। यस प्रविधिको मद्दतले गाडीले एक पटक चार्जमा करिब १२५० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ।

अवतार ०६टी को इन्टेरियर निकै आधुनिक र प्रिमियम देखिन्छ। यसमा हुवावेको हार्मोनी ओएस सिस्टम, उन्नत सुरक्षाका लागि लिडार सेन्सर र एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम जस्ता अत्याधुनिक फिचर समावेश गरिएको छ।

करिब ५ मिटर लम्बाइ रहेको यस गाडीमा सेमी हिडन डोर ह्यान्डल, आकर्षक रियर स्पोइलर र स्पोर्टी डिजाइन प्रदान गरिएको छ । साथै, भित्री भाग फराकिलो र आरामदायी भएकाले लामो यात्रामा यात्रुहरूले उत्कृष्ट अनुभव प्राप्त गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२४ मा केईका ३ मोडल सार्वजनिक

नाडा अटो शो २०२४ मा केईका ३ मोडल सार्वजनिक

काठमाडौं – नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी...

विशेष अफरसहित वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज हुँदै

विशेष अफरसहित वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज हुँदै

वीरगञ्ज – वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ आर्ट शोरुम शुभारम्भ हुने अवसरमा...

महिन्द्राले थार एसयूभी इलेक्ट्रिक भर्सनमा ल्याउँदै

महिन्द्राले थार एसयूभी इलेक्ट्रिक भर्सनमा ल्याउँदै

महिन्द्राको थार गाडीको ठूलो क्रेज छ । महिन्द्राले अब थारको इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...