भ-याङ प्रयोग गरेर चढ्न सकिने १४ मिटर लामो विश्वको सबैभन्दा ठूलो हम्मर एसयूभी

हम्मर एसयूभी संसारको सबैभन्दा बलियो र शक्तिशाली एसयूभीको रूपमा चिनिन्छ र यो एसयूभी सामान्यतया अमेरिकी सेनाको लागि प्रयोग गरिन्छ । यो एसयूभी ग्राहकहरुले यति धेरै रुचाए कि पछि कम्पनीले यसको सिभिलियन भर्सन समेत उपलब्ध गरायो । कम्पनीले केही वर्षदेखि हम्मर एसयूभीमा अपडेट गरिरहेको छ र चाँडै नै हम्मर एसयूभीको इलेक्ट्रिक भर्सन पनि ल्याउने भएको छ ।

कम्पनीले अपडेट गरेको नयाँ हम्मर एसयूभी संयुक्त अरब इमिरेट्समा देखिएको छ । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । वास्तवमा यो हम्मर एसयूभी विश्वको सबैभन्दा ठूलो हम्मर एच१ एसयूभी हो ।

कम्पनीले यसलाई हम्मर एच१ एक्स३ नाम दिएको छ किनभने यो एसयूभी स्ट्यान्डर्ड हम्मर एच१ एसयूभी भन्दा झन्डै ३ गुणा ठूलो छ । भिडियोमा देखाइएको एसयूभी हाल संयुक्त अरब इमिरेट्सको अल मादाममा रहेको अफ–रोड हिस्ट्री म्युजियममा प्रदर्शनमा रहेको छ ।

हम्मर एच१ एसयूभी ६.६ मिटर अग्लो, १४ मिटर लामो र ६ मिटर चौडा छ । यो नियमित हम्मर एच१ को पूर्ण रूपमा कार्यात्मक मापन गरिएको मोडेल हो ।

सो हम्मर एच१ एसयूभी शेख हमाद बिन हमदान अल नाह्यानको स्वामित्वमा छ, जसलाई रेन्बो शेख पनि भनिन्छ । उनी कार प्रेमीको रुपमा परिचित छन् र उनको ग्यारेजमा कारहरूको ठूलो संग्रह छ । रेन्बो शेख एक अर्बपति हुन् र दुर्लभ कार र कस्टम परिमार्जनमा आफ्नो पैसा खर्च गर्ने गर्छन् ।

हम्मर एच१ एसयूभी एक कस्टम बिल्ड प्रोजेक्ट हो र ठ्याक्कै पुरानो हम्मर जस्तै देखिने गरी डिजाइन गरिएको छ । यसको लागि बाक्लो धातु र अन्य कम्पोनेन्ट्सको प्रयोग गरिएको छ । हम्मर एच१ एसयूभीको इन्टेरियर घरको रूपमा डिजाइन गरिएको छ, जहाँ यसमा बेडरूम, किचन, बाथरूम र घरमा पाइने सबै सुविधाहरू छ ।

सम्बन्धित समाचारहरू

लुयान स्कुटर किन्दा २० हजार नगद छुट, १ वर्षको सडक कर र हेल्मेट निशुल्क पाइने

लुयान स्कुटर किन्दा २० हजार नगद छुट, १ वर्षको सडक कर र हेल्मेट निशुल्क पाइने

काठमाडौं– लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो...

बीवाईडीले ल्याउने नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक

बीवाईडीले ल्याउने नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक

बीवाईडीले बजारमा लन्च गर्ने अन्तिम तयारीमा रहेको नयाँ इलेक्ट्रिक कार...

टेल्जीको स्पोर्टी स्कुटर ‘एस २’ नेपाली बजारमा, मूल्य २ लाख ६८ हजार

टेल्जीको स्पोर्टी स्कुटर ‘एस २’ नेपाली बजारमा, मूल्य २ लाख ६८ हजार

काठमाडौं- नेपाली बजारमा टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...