फुल चार्जमा ४८० किमि रेन्ज दिने विश्वको पहिलो इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य र फिचर
भारतमा राफ्ट मोटर्सले सबै इलेक्ट्रिक स्कुटरहरुलाई पछाडि छोडेर नयाँ...
धेरै प्रतिष्ठित बाइक निर्माता कम्पनीहरु इलेक्ट्रिक स्कुटर उत्पादनमा लागेका छन् । यो अवस्थामा बेनेली समेत पछि पर्ने कुरै भएन । यही कुरालाई मनन गरेर हुन सक्छ, बेनेलीले इन्डोनेसियामा फरक डिजाइनको डोङ नामक इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ ।
इन्ट्री लेवलका इलेक्ट्रिक स्कुटर बजारमा बाजी मार्ने लक्ष्यका साथ प्रवेश गरेको बेनेली डोङको डिजाइन युनिक छ । यसको पछिल्लो भाग हेर्दा यसमा केही झुन्डिरहेको जस्तो पनि लाग्छ । यसको स्प्लिट र एरोडाइनामिक डिजाइनले अन्य भन्दा फरक देखाएको छ ।
स्कुटरको पछिल्लो भागमा मोटर, ब्याट्री र सिटलाई उपयुक्त तरिकाले मिलाएर राख्नका लागि सिलिन्ड्रिकर आकार दिइएको छ । यसमा भएको १.५६ किलोवाट आवरको लिथियम आयोन ब्याट्रीले ६० किलोमिटरको रेन्ज दिन्छ । यसमा फुल एलईडी लाइटिङ र एलसीडी ड्यासबोर्ड स्ट्यान्डर्डको रुपमा उपलब्ध छ ।
बेनेलीले डोङ इलेक्ट्रिक स्कुटरलाई छोटो दुरी र सहरी यात्राका लागि ल्याएको अनुमान लगाउन सकिन्छ । यसमा भएको १.२ किलोवाटको इलेक्ट्रिक मोटरले १.६ एचपी बराबरको पावर दिन्छ । यसका आधारमा यसको टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा हुन सक्छ ।
यद्यपि बेनेली डोङ इलेक्ट्रिक स्कुटरको सबैभन्दा सबल फिचर भनेको यसको साउन्ड हो । स्कुटरमा प्रयोग गरिएको आर्टिफिसियल एक्जस्ट साउन्ड जेनेरेटरका कारण यसको साउन्ड सामान्य स्कुटरको जस्तो लाग्छ ।
इन्डोनेसियामा यो स्कुटरको मूल्य २ हजार ५ सय डलर तोकिएको छ ।
भारतमा राफ्ट मोटर्सले सबै इलेक्ट्रिक स्कुटरहरुलाई पछाडि छोडेर नयाँ...
भारतको बेंगलुरुमा आधारित ईभी स्टार्ट अप सिम्पल एनर्जीले केही समय पहिले...
डोङफेङ मोटरको प्रिमियम न्यु इनर्जी भेइकल ब्रान्ड भोयाले यसको नयाँ युगको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...